'बिस्तारै बिस्तारै' का गायक रोहित जोन क्षत्रीको थ्री बाई फोर जीवन

सेतोपाटी

काठमाडौँ

रोहित जोन क्षत्रीलाई चिनाउन दुई शब्द काफी छ– बिस्तारै बिस्तारै।

दर्जनौंले कभर बनाएको 'बिस्तारै बिस्तारै' रोहितलाई युवा पुस्तामाझ स्थापित गराउने गीत हो।

सन् २०१३ मा सार्वजनिक याे गीत सुनाउन उनी देश-विदेश डुले। यही क्रममा अस्ट्रेलिया पुग्दा त्यहाँको माहोलबाट उनी निकै प्रभावित भएका थिए। त्यहाँ उनले एउटा यस्तो पब-बार देखे जहाँको एम्बियन्स, सजावट, संगीत, नाच, नाटक आदिले उनलाई हिरिक्कै हुने गरी लोभ्यायो।

उनको मनमा त्यही बेला नेपालमा पनि त्यस्तै ठाउँ खोल्न पाए संगीत र व्यापार सँगसँगै हुने सोच पलाएको थियो।

केही वर्षपछि उनको त्यो सोचले मूर्तरूप लिएको छ।

हालै रोहितले अस्ट्रेलियामा देखेजस्तो भव्य नभए पनि खाँदै–पिउँदै संगीतको आनन्द लिने आफ्नै सानो थलो बनाएका छन्- थ्री बाई फोर क्याफे एन्ड बार।

प्रकाशित मिति: : 2021-12-29 09:58:00

प्रतिकृया दिनुहोस्