जुम्लामा स्कुल बिदा भएपछि ‘ट्यूसन सेन्टर’का विद्यार्थीलाई मोर्डना खोप लगाइदै

जुम्लाका विद्यालयहरु हिउँदे बिदाका कारण बन्द भएपछि जिल्लामा सञ्चालित ट्युसन सेन्टरमा अध्यायनरत बालबालिकालाई मोर्डना खोप लगाइने भएको छ। कोरोना भाइरस संक्रमणबाट बच्नका लागि ट्युसन सेन्टरमा अध्यायरत बालबालिकालाई खोप लगाइने भएको हो।

जुम्लामा सञ्चालित पाँच ट्युसन सेन्टरमा अध्यायनरत १२ देखि १७ वर्ष ११ महिना २९ दिनका अर्थात् १८ वर्ष मुनिका बालबालिकालाई पहिलो डोज मोर्डना खोप लगाइने चन्दननाथ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख क्षेत्रबहादुर महतले बताए।

‘सोमबार ट्युसन सेन्टरमा अध्यायनरत बालबालिका सहित विद्यालय क्षेत्र भन्दा बाहिर रहेका सबै बाललिकालाई अनिवार्य आगामी पुस २४ गते सम्म मोर्डना खोप लगाउने निर्णय गरिएको छ,’ उनले भने,‘विद्यालयमा विद्यार्थी नभएपछि ट्युसन सेन्टरमै पुगेर खाेपा लगाउन लमगेका छाैं।’

उनका अनुसार मंगलबार विहान १० बजेदेखि सबै ट्युसन सेन्टरमा गएर खोप लगाइने छ। विद्यालयमा खोप लगाउन छुटेका १२ वर्षमाथिका १८ वर्षमुनिका सबै बालबालिकालाई खोल लगाउन आफू अध्यायनरत ट्युसन सेन्टरमा उपस्थित हुन आग्रह गरिएको छ।

जुम्लामा सरकारले करिब १३ हजार मोर्डना खोप पठाएको छ। जसमा यहाँका आठ स्थानीयतहमा १२ हजार २ सय ५० डोज खोप वितरण गरिएकोमा हालसम्म ५ हजार ८ सय ६९ जना बालबिलालकाले खोप लगाएको जनस्वास्थ्य कार्यालय जुम्लाका प्रमुख कृष्ण सापकोटाले बताए।

उनले भने, 'आगामी पुस २४ गतेसम्म अनिवार्य रुपमा खोप लगाएर सकाउनैपर्ने भएकोले सबै बालबालिकलाई खोपको पहुँचमा ल्याउन ट्युसन सञ्चालक, विद्यालयका प्रधानाध्यापक,संचारकर्मी सबैलाई सहयोग गर्न अनुरोध गर्दछु।'

प्रमुख जिल्ला अधिकरी विजयाकुमारी प्रसाईंले जिल्लामा आएको सबै खोप खपतका लागि सबै संयन्त्र जुट्नुपर्ने बताइन्।

'निर्धारित समयभित्र लगाइसक्नुपर्ने र पछि मिति गुज्रिने भएकोले सबै बालबालिकालाई खोपको पहुँचमा ल्याउन योजनागत ढंगबाट अघि बढ्नुपर्ने हुन्छ,' उनले भनिन्, 'जुम्लामा मोर्डना खोप लगाउने राष्ट्रिय लक्ष्य १३ हजार बालबालिकाको भएपनि जुम्लाका १ सय ७० वटा सरकारी विद्यालय, नीजि विद्यालयका गरी करिब २० हजारको संख्या आएको छ।'

उनका अनुसार याे समग्र तथ्य भएकाे हुनाले १२ वर्षदेखि माथि र १८ वर्षभन्दा मुनिका बालबालिकाकाे संख्या घट्नेछ। हाल जुम्लामा, ब्राइट फ्यूचर, अल्फा, माउण्ट स्टार र डाइनामिक लगायतका ट्युसन सेन्टर जुम्लामा संचालित छन्।

प्रकाशित मिति: : 2021-12-28 08:08:00

प्रतिकृया दिनुहोस्