जोशी हाइड्रोपावरले एकैपटक बोलायो तीन आर्थिक वर्षको साधारणसभा, यस्ता छन् एजेण्डा

जोशी हाइड्रोपावरले ३ माघमा एकैदिन तीनवटा आर्थिक वर्षको वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले आर्थिक वर्ष २०७५र०७६, २०७६र०७७ र २०७७र०७८ को सभा ल्याण्डमार्क हल, दरबारमार्ग काठमाडौंमा बिहान ११ः३० बजेका लागि आह्वान गरेको हो।

सभामा तीन आर्थिक वर्षको वार्षिक प्रतिवेदन तथा नाफा–नोक्सान हिसाव र नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणमा छलफल गरी पारित गर्नेछ। सञ्चालकको निर्वाचन गर्ने एजेन्डा पनि छ। आर्थिक वर्ष २०७८र०७९ को लागि लेखापरिक्षक नियुक्त गर्ने एजेन्डा पनि पेस गरिनेछ।

कम्पनीले सभा प्रयोजनार्थ २१ पुसमा बुक क्लोज गर्ने भएको छ। पुस २० गतेसम्म कायम रहने सेयरधनीले मात्र सभामा भाग लिन सक्नेछन्।

प्रकाशित मिति: : 2021-12-27 12:36:00

प्रतिकृया दिनुहोस्