के मन्त्री झाँक्रीले भनेजस्तै हाम्रा इञ्जिनियरहरूलाई ढलको ढक्कन मिलाउन नआएकै हो?

सेतोपाटी

निर्मला घिमिरे

सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले 'ढलको ढक्कन मिलाउन नजान्ने' भन्दै इञ्जिनियरहरूमाथि व्यंग्य कसेपछि सामाजिक सञ्जालमा उनको खुब आलोचना भयो।

मन्त्री झाँक्रीले गत शुक्रबार एक कार्यक्रममा बोल्दै सडकको सतह सलल मिल्नुपर्नेमा ढलका ढक्कनले उबडखाबड पारेको बताइन्। उनले ढक्कन मिलाउने दिन कहिले आउला भनी इञ्जिनियरहरूलाई प्रश्न पनि गरेकी छन्।

'कालगतिले कहाँबाट के-के भएर मलाई मन्त्री बनाइदियो, म साढे दुई महिनादेखि गाडी नै चढिरहेकी छु,' झाँक्रीले भनिन्, 'तर म स्कुटर चढ्ने मान्छलाई ढलको बिर्कोले जहिल्यै दु:ख दियो। म पटक-पटक लडेँ। यो देशका इञ्जिनियरले ढलको बिर्को मिलाउने दिन कहिले आउला भन्ने मेरो व्यावसायिक चुनौती हो।'

मन्त्री झाँक्रीले सडक निर्माणमा संलग्न इञ्जिनियरहरूको दक्षतामाथि प्रश्न उठाएपछि इञ्जिनियरहरू नै उनीविरूद्ध खनिएका छन्।

तर के मन्त्री झाँक्रीले भनेजस्तै हाम्रो सडकमा जथाभाबी राखिएका ढलका ढक्कनले हाम्रो इञ्जिनियरिङमाथि प्रश्न उठाएकै छैन र?

प्रकाशित मिति: : 2021-12-26 21:57:00

प्रतिकृया दिनुहोस्