चिसिँदो मौसमसँगै तातिँदो मृत्युका घटना : न्यानोको लोभमा जसले गुमाइरहेछन् ज्यान...

पहिलोपोष्ट

काठमाडौँ

केही दिनयता बागबजारस्थित काठमाडौं मोडल कलेजमा अध्ययनरत विद्यार्थीहरू आन्दोलित छन्। निजी क्षेत्रको कहलिएको शैक्षिक संस्थामा विद्यार्थी आन्दोलन हुनुको पछाडि कुनै राजनीति कारण छैन। छ त - ज्यान गुमाएका साथीका लागि न्याय माग्नु।

गएको सोमवार दिउँसो कलेजको होस्टेलमा रहँदै आएका एक विद्यार्थी बाथरुममा अचेत अवस्थामा भेटिए। रौतहटको गढीमाई नगरपालिकाका १८ वर्षीय सुशील सहनीलाई अचेत अवस्थामा नजिकै रहेको काठमाडौं मोडल अस्पताल पुर्‍याइएको पनि। तर, उनलाई चिकित्सकले बचाउन चाहिँ सकेनन्।

त्यस दिन बाथरुममा नुहाँउदै गर्दा उनी बेहोस भएका थिए। ग्यास गिजर बेहोस् हुनुको कारण बन्यो। सहनी कक्षा १२ मा अध्ययनरत थिए। गिजर चलाएर नुहाउँदा उनको निसास्सिएर मृत्यु भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अक्सिजन कम भएर मृत्यु भएको प्रारम्भिक आँकलन रहे पनि घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

प्रकाशित मिति: : 2021-12-26 10:38:00

प्रतिकृया दिनुहोस्