...त्यसपछि शर्मिला तिमल्सिना बाछिटाकार बनिन् [भिडियाे]

साहित्यकार तथा साममाजिक अभियान्ता हुन्, शर्मिला तिमल्सिना, ४१। साहित्यका विभिन्न विधामा कलम चलाउँदै आएकी उनले यसैवर्ष ‘अक्षता’ बाछिटा संग्रह प्रकाशित गरेकी छिन्।

नेपाली साहित्यमा भर्खर–भर्खर प्रवेश गरेको ‘बाछिटा’ लेखनमा उनी सक्रिय छिन्। विशेषतः कोरोना महामारीको समयदेखि उनी ‘बाछिटा’ लेखनमा लागेकी हुन्। कोरोना महामारीपछि भएका ‘लकडाउन’ तथा निषेधाज्ञको फुर्सदिलाे समयमा आफू बाछिटा लेखनतर्फ उन्मुख भएकाे बताएकी छिन्।

‘कोरोनाले सबैका मानिसलाई सताइरहेको थियो। त्यतिबेला म पनि त्रासित थिएँ’,तिमल्सिनाले भनिन्,‘त्यहीबेला डा.सदानन्द कडेलको सुझावले बाछिटा लेखनतर्फ लागेँ।’

त्यतिबेला भर्चुअल माध्यमबाट हुने बाछिटा वाचनमा उनका धेरै बालिटाहरु उत्कृष्ट कहलिएका थिए। त्यसले पनि उनलाई त्यसतर्फ आकर्षित गरेको हो। 

‘सामाजिक सञ्जालमा बाछिटा वाचन गर्दै गर्दा जाँदा रमाइलो लाग्न थाल्यो। त्यसपछि मैले कोरोना कालको त्यो अवस्थालाई चित्रण गरेर धेरै बाछिटाहरु लेखेँ,’ उनले बिएल नेपाली सेवासँग भनिन्।

नेपाली साहित्यमा नयाँ प्रवेश गरेकाे बाछिटाबारे शर्मिला तिमल्सिनासँग बिएल नेपाली सेवाको लागि सुनैना पन्थीले गरको कुराकानी प्रस्तुत छः

प्रकाशित मिति: : 2021-12-25 12:47:00

प्रतिकृया दिनुहोस्