कति बलियो छ सत्ता गठबन्धनको गाँठो ?

लोकान्तर

उद्धव थापा

पुस ५ लाई ‘कालो दिन’को उपमा दिएर आयोजित कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पुस ५ कै आलोकमा बनेको गठबन्धनको बारेमा गम्भीर चर्चा गरे।

एमाले अध्यक्ष केपी ओलीले पाँच दलीय गठबन्धन टुटाउनका लागि भरमग्दुर प्रयास गरिरहेको तर, कुनै हालतमा गठबन्धन नभत्किने प्रचण्डको भनाइ थियो। प्रचण्डको अभिव्यक्तिले गठबन्धन भत्कने डरले नेताहरू त्राहिमाम रहेको संकेत गर्दथ्यो।

२०७७  पुस ५ मा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलो पटक संसद विघटन गरेपछि प्रचण्ड र माधव नेपालको दुरी ओलीसँग बढेको थियो। ओलीले २०७८ जेठ ८ मा दोस्रो पटक संसद विघटन गरेपछिको क्लाइमेक्स थियो– एमाले विरूद्धको पाँच दलीय गठबन्धन।

प्रचण्ड र माधव नेपालको पहलमा कांग्रेस, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चा सम्मिलित गठबन्धनले असार २९ मा सरकार गठन गर्‍यो। जसबाट शेरबहादुर देउवा प्रधानमन्त्री बने।

प्रकाशित मिति: : 2021-12-23 16:31:00

प्रतिकृया दिनुहोस्