चिनियाँ फर्निचरसँग प्रतिस्पर्धा गर्न करोडौंमा निर्माणले खोलेको उद्योग

सेतोपाटी

भगवती पाण्डे

बुटवलका निर्माण थैव श्रेष्ठ व्यापारिक परिवारमा जन्मिए/ हुर्किए। उद्योग तथा व्यापार क्षेत्रमा नाम कमाएको 'आवास ग्रुपको' तेस्रो पुस्ता हुन् उनी।

व्यवस्थापनमा स्नातक तहसम्म अध्ययन गरेका निर्माणले प्लस टु पढ्दैदेखि परिवारको व्यापार हेर्न थालेका थिए।

उनले सुरूमा आवास ग्रुप अन्तर्गतको ‘ज्याकुर ईण्डष्ट्रिज’ सम्हाले। आवास ग्रुपले उद्योग तथा व्यापारमा एकदर्जन बढी फर्म सञ्चालन गरेको छ।

त्यसमध्ये एक थियो ज्याकुर इण्डष्ट्रिज। बाथरूम तथा किचनमा प्रयोग हुने पाईप र धाराहरूको बजारमा ज्याकुर ईण्डष्ट्रिजले ग्राहकको मन जितिसकेको थियो।

उनले त्यहीँ सम्हाले। तर उनको मन भने अन्तै थियो जो आवास ग्रुपले उत्पादन गर्दैनथ्यो।

प्रकाशित मिति: : 2021-12-23 12:51:00

प्रतिकृया दिनुहोस्