गोरखापत्र
                                पूर्व तथा पश्चिम नेपालको विद्युत् आपूर्ति क्षमता विस्तार गर्ने लक्ष्यसाथ निर्माण थालिएको हेटौँडा–भरतपुर–बर्दघाट प्रसारण लाइनको काम अन्तिम चरणमा पुगेर स्थगित भएको छ। सामुदायिक वनमा रूख कटानको अनुमति नपाउनु र अदालतले समयमै फैसला नदिनुले २२० केभी डबल सर्किट प्रसारणलाइन सम्पन्न गर्न नसकिएको नेपाल विद्युत् प्राधिकरणले जनाएको छ।
भरतपुर–हेटौँडा र भरतपुर–वर्दघाट दुई खण्डमा २२० केभी डबल सर्किट प्रसारणलाइन बनाएर भैरहवादेखि विराटनगरसम्मका औद्योगिक क्षेत्रमा दिगो र पर्याप्त बिजुली पु-याउने लक्ष्य राखिएको हो। सो प्रसारण लाइनको ९९ प्रतिशत काम सकिएको छ। भरतपुर–वर्दघाट प्रसारणलाइनको दुम्कीबासमा दुुईवटा पोल गाड्न नपाउँदा काम अवरुद्ध रहँदै आएको छ। ७४ किलोमिटर लामो यो प्रसारणलाइन बनाउन दुम्कीबासमा स्थानीयले अवरोध गरेर टावर राख्न दिएका छैनन्। दुई सय ४६ वटा टावरमध्ये दुुई टावर र त्यसमाथि तार जडान गर्न बाँकी छ। भारतीय कम्पनी केईसी इन्डियाले यो खण्डको निर्माण गरिरहेको छ।
स्थानीयले सर्वोच्च अदालतमा मुद्दा दायर गरेपछि गत वैशाखमा अन्तरिम आदेशमार्फत सो काम रोकिएको हो। अन्तरिम आदेशपछि सर्वोच्च अदालतले यो मुद्दाको पेसी नै तोकेको छैन। 'अदालतको आदेशले गर्दा दुम्कीबासमा पोल गाड्नै पाइएन,' प्रसारणलाइन आयोजनाका संयोजक श्याम यादवले भन्नुभयो, 'दुई सातामा सकिने काम महिनौँ रोकिँदा पूर्व–पश्चिम विद्युत् प्रवाहको घाँटी नै अठ्ठिएजस्तै भएको छ।
                                    
                                        नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
                                    
                                        नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया