अन्तरजातीय विवाहपछि बेपत्ता चन्द्रे कामी भेटिए

अन्तरजातीय विवाह गरेर मंसिर २९ गतेदेखि सम्पर्कविहिन हुम्लाका चन्द्रे कामी भेटिएका छन्। उनको खोजीमा गएको प्रहरीले खार्पुनाथ गाउँपालिकामा फेला पारेकाे हाे।

उनको खोजीका लागि ठूलाे संख्यामा प्रहरी परिचालन गरिएकाे थियाे। बुधबार बिहान ८ बजे हिँडिरहेको अवस्थामा चन्द्रेलाई फेला पारिएको हुम्ला प्रहरीले जनाएको छ।

प्रहरी निरीक्षक दानसिंह भण्डारीका अनुसार डीएसपी हेरम्ब शर्माकाे टाेलीले उनलाई सदरमुकाम ल्याइँदैछ। ‘हाम्राे डिएसपी सापकाे टोलीले उहाँलाई खार्पुनाथमा सामान्य अवस्थामा फेला पारेको छ,’ भण्डारीले भने, ‘अब सदरमुकाम ल्याउँदैछौं। थप विवरण बुझ्न एक दुई घण्टा कुर्नुपर्ने हुन्छ।’

हुम्लाको सर्केगाड गाउँपालिका–१ जैर गाउँका चन्द्रेले मंसिर ५ मा मुगुको सोरु गाउँपालिका–४ की रमिला मल्ल(सुन्तली)लाई भगाएपछि रमिलाका माइती पक्षले २९ गते राती खोसेर लिएका थिए।

उनीहरुले त्यसै दिन चन्द्रेलाई समेत लगेकाे जैरका गाउलेहरुले बताएका थिए। त्यसै दिनदेखि सम्पर्कविहिन उनलाई खोज्न आफै निस्किएका डिएसपी हेरम्ब शर्माको टाेलिले भेटेकाे हाे।

सुन्तली र उनका बुवा प्रहरीको निगरानीमै छन् भने चन्द्रेको परिवार गाउँलेले उनलाई सुन्तलीका माइती पक्षले सँगै लिएको दाबी गरिरहेका थिए।

केटीको परिवारले भने आफूहरुले छोरी मात्र ल्याएको बताएका थिए।

‘बेपत्ता पारिएकाे एक हप्तासम्म चन्द्रे कामी नभेटिनु रुकुम घटनाकाे पुनरावृत्ति हुन सक्छ’

प्रकाशित मिति: : 2021-12-22 09:09:00

प्रतिकृया दिनुहोस्