अमेरिकी सहयोग मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता खारेज गर्न माग गर्दै काठमाडौँमा विरोध प्रदर्शन भएको छ।
एमसीसी नेपालको हितविपरीत भएको भन्दै आठवटा पार्टी र मोर्चाहरुले मंगलबार नयाँ बानेश्वरमा विरोध प्रदर्शन गरेका हुन्।
नेकपा (क्रान्तिकारी माओवादी), नेकपा (माले), जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा नेपाल, नेपाल कम्युनिस्ट पार्टी, नेकपा (मसाल) र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीले विरोध प्रदर्शन गरेकाे हाे।
उनीहरूले एमसीसी सम्झौता राष्ट्रघाती भएकाे भन्दै लागू नगर्न माग गरेका छन्।
नेकपा मालेका महासचिव सिपी मैनालीले एमसीसी नेपालको हितविपरीत रहेको बताए। ‘एमसीसी नेपाल र नेपाली जनताको हितविपरीत रहेको छ। एमसीसी पारित भएमा नेपाली नेपाली रहँदैनन्,’ उनले भने।