माओवादी नीति : अरू फेर्ने, प्रचण्ड नफेर्ने !

पहिलोपोष्ट

काठमाडौं

नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले मुख्य नेतृत्व यथावत राखेर राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको छ। पुस ११ गतेदेखि १३ गतेसम्म काठमाडौंमा हुने सम्मेलनमा मुख्य नेतृत्व यथावत हुने माओवादी केन्द्रका नेताहरूले बताएका छन्। नेताहरूका अनुसार फेरि अध्यक्षमा पुष्पकमल दाहाल प्रचण्ड नै दोहोरिने छन्।

'पार्टीको नीतिलाई जोड दिन सम्मेलन गर्न लागिएको हो। मूल नेतृत्व परिवर्तन हुने सम्भावना छैन,' माओवादीका एक स्थायी कमिटी सदस्यले भने।

माओवादीले चुनाव गरेर नेतृत्व छनोट गर्ने सम्भावना भने कम छ। यद्यपि, सहमति नभएमा चुनाव गराउन माओवादी केन्द्रले त्यसको तयारी समेत गरेको छ। भदौ २९ गतेको स्थायी कमिटीको बैठकबाट विष्णुपुकार श्रेष्ठको संयोजकत्वमा २२ सदस्यीय निर्वाचन आयोग गठन गरेको थियो।

प्रकाशित मिति: : 2021-12-21 16:15:00

प्रतिकृया दिनुहोस्