दक्षिणा भारतको तमिलनाडुमा सुनै सुनबाट एक मन्दिर बनेकाे छ। जसलाई महालक्ष्मीकाे नामले समेत चिन्न सकिन्छ।
याे मन्दिर तमिलनाडुको भेल्लोर जिल्लाको मलाइकोडी पहाडमा अवस्थित छ। मन्दिरको बाहिर सरोवर छ– जसमा संसार भरका मुख्य नदिको पानी आउँछ। यसलाई सर्व तीर्थ सरोवरको नाम पनि दिइएको छ।
महालक्ष्मी मन्दिर १५ हजार किलो सुनले बनेको हाे। ३०० करोड खर्चिएर महालक्ष्मी मन्दिरकाे निमार्ण गरिएकाे छ। वरिपरि हरियाली र बीचमा १५ हजार किलोग्राम शुद्ध सुनले बनेको यो मन्दिर– रातको उज्यालोमा निकै सुन्दर देखिन्छ।
महालक्ष्मी मन्दिर बिहान ४ बजेदेखि ८ बजेसम्म अभिषेकका लागि र बिहान ८ बजेदेखि राति ८ बजेसम्म दर्शनका लागि खोलिन्छ। यसक्षेत्रलाई अझ् सुन्दर बनाउन बाहिरी भागलाई ताराको आकार दिइएको छ। भनिन्छ– याे संसारको एक मात्र सुनै सुनले बनाइएकाे मन्दिर हो। जसमा यति धेरै सुन प्रयोग गरिएको छ।
महालक्ष्मी मन्दिरमा हरेक कलाकृति हातले बनाइएको छ। दिउँसाेभन्दा रातको समयमा यहाँ भक्तजनको चाप बढी हुने भएकाले यस समयमा सुनले बनेको पूरै मन्दिर बत्तीले उज्यालो र मनमोहक दृश्य देखिन्छ। यो संसारकै एक मात्रै मन्दिर हो। जुन सुनै सुनले बनाइएको छ। १०० एकडभन्दा बढी क्षेत्रफलमा फैलिएको यो मन्दिर चारैतिरबाट हरियालीले घेरिएको छ।
सन् २००७ मा बनेको यो मिन्दरमा संसारभरका लाखौ श्रद्धालु आउने गरेका छन्। यसको कारण माता लक्ष्मी मात्र होइनन्, सुनले बनेकाे मन्दिर पनि हाे। मन्दिरको नजिकै काटपाडी रेलवे स्टेशन छ। यस बाहेक तमिलनाडुबाट यहाँ पुग्नको लागि अन्य धेरै मार्गहरू छन्। सडक र हवाई मार्गबाट पनि पुग्न सकिन्छ।