न्युजिल्याण्डमा कोभिडको फाइजर खोप लगाएका दोस्रो व्यक्तिको मृत्यु

Symbolic photo
Symbolic photo

न्युजिल्याण्डमा कोभिडविरुद्ध फाइजरको खोप लगाएपछि एक व्यक्तिको मृत्यु भएको छ।

खोपपछि उनलाई ह्रदयघात भएको हुन सक्ने अनुमान गरिएको छ।

२६ वर्षीय रोयी जेम्स नरिनको मृत्यु भएको हो। पहिलो डोज लगाएको दुई साता नबित्दै उनको मृत्यु भएको हो।

उनलाई खोपपछि ह्रदयघात भएको प्रारम्भिक परीक्षणमा देखिएकाे जनाइएको छ। खोपकै कारण उनको मृत्यु भएको न्युजिल्यान्डको खोप अनुगमन बोर्डले जनाएको छ। खोप लगाएपछि उनी त्रसित देखिएका थिए।

यसअघि अगस्टमा पनि फाइजर खोप लगाएकी एक महिलाको मृत्यु भएको थियो।एजेन्सी

प्रकाशित मिति: : 2021-12-21 13:13:00

प्रतिकृया दिनुहोस्