हरेक वर्ष चारहजारभन्दा बढी नेपालीले लिदैछन् अमेरिकी नागरिकता

डा. प्रदीप भट्टराई

वासिङ्टन डीसी, अमेरिका
File Photo
File Photo

नेपाली नागरिकता त्यागेर अमेरिकी नागरिक हुनेको संख्या वर्षेनी बढ्दो छ।

कोभिड १९ को कारण सन् २०२० मा यो संख्या घटेर ४८०६ मा ओर्लिए पनि सन् २०१९ मा यो संख्या उक्लेर ७४०९ पुगेको थियो। यो संख्यालाई औसतमा लिने हो भने पछिल्लो दुई वर्ष बर्सेनी ६ हजारभन्दा बढी नेपाली अमेरिकी नागरिक भएका छन्।

तथ्यांकले के देखाउँछ भने सन् २०१५ पछि अमेरिकी नागरिकता लिने नेपालीको संख्या ह्वात्तै बढेको हो।

सन् २०१४ मा २८८८ नेपालीले अमेरिकी नागरिकता लिएकोमा यो संख्या २०१५ मा एक्कासी बढेर ४२२५ पुग्यो। त्यसयता केही तलमाथि भए पनि हरेक वर्ष चारहजारभन्दा बढी नेपालीले अमेरिकी नागरिकता लिइरहेको पाइन्छ।

अमेरिकी सरकारको आधिकारिक अभिलेखमा सन् १९९० सम्ममा २६१६ नेपालीले अमेरिकी नागरिकता लिएको पाइन्छ। तर, अमेरिकी नागरिक हुने पहिलो नेपाली को होलान् ? र, उनले कुन वर्ष अमेरिकी नागरिकता लिए ? त्यसका बारेमा भने अमेरिकी अभिलेख पनि मौन छ।  

जे होस् पछिल्लो समय नेपाली राष्ट्रियतासँग अमेरिकी राष्ट्रियता साट्नेको संख्या बढ्दो छ।

प्रकाशित मिति: : 2021-12-20 20:44:00

प्रतिकृया दिनुहोस्