हुम्लामा अन्तरजातीय बिहे गरेको भन्दै दलित युवालाई घरबाटै बेपत्ता बनाइयो !

बाह्रखरी

काठमाडौँ

 हुम्लामा उपल्लो जात (मल्ल) थरकी युवतीसंग प्रेम विवाह गरेको भन्दै एक युवालाई बेपत्ता पारिएको खुलेको छ ।

गत मंसिर २९ गते रातिबाट सर्केगाड गाउँपालिका वडा नम्बर १ जैर गाउँका १९ वर्षीय चन्द्रे कामीलाई बेपत्ता पारिएको खुलेको हो । 

चन्द्रेले दुई महिनाअघि मुगुको सोरु गाउँपालिका वडा नम्वर ४ लिपु्र गाउँकी १९ वर्षीया सुन्तली मल्लसँग प्रेम सम्बन्ध हुँदै अन्तरजातीय विवाह गरेका थिए । उनीहरु विवाहपछि भागेर सर्केगाडस्थित रिप गाउँमा आफन्तकहाँ लुकेर बसेका थिए । 

युवतीका माइतीपक्षले सुरुदेखि नै चन्द्रेको खोजी गर्दै आएको खुलेको छ । दुई महिनापछि चन्द्रेसँग माइतीपक्षको सम्पर्क भएको र आफूहरुले केही नगर्ने भन्दै सम्पर्कमा बोलाएको खुलेको छ । 

उनीहरु सम्पर्कमा आएपछि केटालाई युवती पक्षले निर्घात कुटपिट र अमानवीय शैलीमा लगेको वडाध्यक्ष गोकुल बुढाले बाह्रखरीलाई बताए । सोही दिनदेखि चन्द्रे बेपत्ता छन् । युवती भने माइतीघरमा छन् । 

प्रकाशित मिति: : 2021-12-19 18:50:00

प्रतिकृया दिनुहोस्