पछिल्लो समय नेपाली शेयर बजारमा मानिसहरु आकर्षित छन्। विभिन्न वित्तिय संस्थाहरु तथा कम्पनीहरुले शेयर खरिद, बिक्री गर्ने प्रथाको विकास गरेको छन्। शेयर खरिद/विक्री धेरैको चासोको विषय भनेको छ।
कुनै दिन शेयरको मुल्य ह्वात्तै उकालो लाग्छ त कहिले स्वात्तै तल झर्छ। त्यसलै शेरयलाई धेरैले ‘जुवाको खेती’ पनि भन्ने गरेका छन्। पहिले–पहिले बुढापाकाले भन्थे,‘जुवा खेलेपछि कहिले हारिन्छ कहिले जितिन्छ।’ तर, अहिले सरकारले जुवा खेल्नेलाई प्रतिबन्ध लगाएको छ। तर, लुकिछिपी खेल्नेकाे भने कमि छैन।
जुवामा कहिले हारिन्छ कहिले जितिन्छ। त्यही जुवाले कहिले मालामाल बनाउँछ कोहीलाई सडकको बास पनि बनाएको छ। शेयरमा लगानी गर्नेहरुको पनि अहिले हालत त्यही छ। एकदिन शेयरको मुल्य बढ्छ खुशी हुन्छन्। अर्को दिनदेखि निरन्तर ओरालो लाग्छ अनि कहाँ जाऊँ र के गरौँ भन्ने हुन्छ। लगानी गर्ने शेयरकर्ताहरु जहिले पनि तनावमा हुन्छन्। किनकी उनीहरुको लगानी सुरक्षित छैन्।
सधैभरि शेयर बढ्छ भन्ने ‘ग्यारेण्टी’ छैन्। आफ्नो चल/अचल सम्पत्ति शेयरमा लगानी गर्दा घरखेत सबै सिद्धाउदा कतिपय सडकमा आइपुगेका छन्। अझ मानसिक रोगका सिकार शेयरकर्ता बनेका छन्। मानसिकता पनि गुमाउने, सम्पत्ति डुबाउने शेयर बजार किन छाडा छोडिएको हो ?
अप्रत्यक्ष रुपमा जुवा खेलाइरहेको शेयर बजारमा सरकारले किन कडाई नगरेको हो ? सोझा जनतालाई फाइदा हुन्छ भनेर प्रलोभन देखाई शेयरमा लगानी गर्न बाध्य पारिएको छ। केही पत्तो नपाएका सिधा जनताहरुलाई शेयरका ‘दलाली’हरुले फसाइरहेका छन्।
उसलाई शेयरमा लगानी गर्दा नाफा छ कि घाटा छ केही थाहा हुँदैन्। शेयर कारोबार गर्ने ‘दलाली’हरुले आफू कमाउन र आफ्नो शेयर महङ्गोमा बेच्नको लागि सोझा जनतालाई फसाइरहेको छन्। आफ्नो शेयर महङ्गोमा किन्न लगाएर यी शेयर ‘दलाली’हरुले जनताको प्रयोग गरिरहेको छन्।
हरेक क्षेत्रमा ‘दलाली’को बिगबिगी छ। ‘दलाली’को कारण हरेक चीजको मुल्य दिनमा चार गुणा, रातमा दश गुणा बढिरहेको छ। शेयर बजारमा पनि ठ्याक्कै यही नै भएको पाइन्छ। घर, जग्गाको मुल्य बढाउने नै ‘दलाल’ र बिचौलिया हुन्।
यिनीहरु नहुने हो भने घर जग्गाको मुल्य नै बढ्दैन थियो होला। सरकारले निर्धारण गरेभन्दा दश गुणा बढीमा ‘दलाली’हरुले हरेक सामानको किनबेच गरिरहेको हुन्छन्। सरकारले कुनै जग्गाको मुल्य सात लाख भनेको छ भने तीस लाखमा विक्री गर्छन्, बिचौलियाले। केही गरी जग्गा अतिक्रमण्मा पर्यो भने सरकारले त्यही ७ लाखको हिसाब गर्छ। महङ्गोमा किन भनेर सरकारले भनेको होइन्। अर्थ मन्त्रालयले केही गरी शेयरको विषयमा बोल्यो भने शेयरको मुल्य घट्छ। शेयर लगानीकर्ताहरु अर्थ मन्त्रीको विरोधमा नारा लगाउछन्।
पूर्व अर्थमन्त्री युवराज खतिवडाले ‘शेयरमा लगानी गर्नु भनेको जुवा खेल्नु हो’ भनेका थिए। शेयरमा लगानी गरेपछि आफ्नो लगानीको ‘ग्यारेण्टी’ हुँदैन भनेर उनले भन्दा शेयरको मुल्य भारी ओरालो लागेको थियो। कही दिनअघि मात्र नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नि शेयरको विषयमा बोलेका थिए। त्यसपछि नेप्से उथलपुथल भएको बताइएको छ।
नेकपा एमालेका अध्यक्ष केपी ओलीले पनि प्रचण्डको विचारलाई लिएर टिकाटिप्पणी गरिहाले। शेयर बजारबाट चन्दा नपाएर प्रचण्डले शेयर बजारतर्फ खन्निएको आरोप ओलीले लगाएका थिए। केपी ओलीले घुमाउरो भाषामा शेयर लगानी कर्ताहरुलाई सुझाव दिएको बुझिन्थ्यो।
शेयर बजार असुरक्षित छ भनेर ओली सबै जनतालाई सचेत गराउँन खोज्दै थिए। अर्थ मन्त्रालय र शीर्ष राजनीतिक दलले शेयरको विषयमा केही भन्यो भने शेयरको मुल्य घट्न, कस्तो बजार हो यो? कालीमाटीको फलफूलभन्दा पनि सस्तो बजार।
शेयरको बारेमा कुनै नेताले केही भनोस् भनेर राजनीतिक पार्टीको झोला बोक्नपर्ने। अझै चन्दा पनि दिनैपर्ने। यस्तो पनि बजार हुँदो रहेछ। कसैको बोलीमा टिकेको शेयर बजार बैंक, फाइनान्स, वित्तिय संस्थाहरु पनि औधोगिक क्षेत्रमा लगानी गर्दैनन्।
घर, जग्गा र शेयरमा लगानी गर्ने यिनीहरु जहिले पनि तम्सिरहेको हुन्छन्। नेपाल राष्ट्र बैंकले औधोगिक क्षेत्रमा लगानी गर्नपर्छ भनेर निर्देशन दिएको छैन्। उधोग क्षेत्रमा लगानी गर्दा राज्यले राजस्व पाउँछन्, सर्वसाधारणले रोजगारी। तथापि राष्ट्र बैंकले फाइनेन्सलाई यस्तो निर्देशन किन दिएन ?
कर्जा दिएर चाँडो नाफा कमाउने लोभमा वित्तिय संस्थाले घर, जग्गा र शेयरमा धेरै लगानी गरेको छन्। अब सरकारले घर, जग्गा र शेयरमा लगानी गर्न वित्तिय संस्थाहरुलाई बन्देज लगाउनुपर्छ। जोखिमपूर्ण लगानीमा कर्जा लगाउनलाई अंकुश लगाउने बेला भइसकेको बताइन्छ।
यी क्षेत्रमा नयाँ कर्जा लगानी गर्न दिनुहुँदैन्। वित्तिय संस्थाहरुले हाम्रो वार्षीक नाफा यति हो भन्दै झुठो प्रचार गरेर शेयर विक्री गरिरहेका छन्। बोनसको लोभमा सर्वसाधारणहरुले पनि सजिलै शेयरमा लगानी गरिरहेको छन्।
वित्तिय संस्थामा धितो राखेर कर्जा लिनेहरुले आत्महत्या गरेको घटनाहरु थुप्रै छन्। करोडपतिबाट रोडपति बनाउने पनि वित्तिय संस्था नै हुन्। अहिले पनि बैंकले कर्जा दियो भने शेयरको मुल्य बढ्छ। घर जग्गाको पनि असिमित तवरले मुल्य बढ्छ।
बैंकले कर्जामा कडाई गर्यो भने शेयर र घर जग्गाको मुल्यमा ठूलो गिरावट आँउछ। बैंक तथा फाइनेन्सका डिपोजिट बढी भयो भने घुस खाएर सजिलो कर्जा दिन्छ। यदि बैंकको अध्यक्षले घुस पाएन भने कर्जामा कडाई गर्छन्। सयमा असी प्रतिशत मानिसहरुले वित्तिय संस्थाबाट कर्जा लिएर शेयर र घर जग्गामा लगानी गरेको छन्।
घर जग्गाको मुल्य घटाउने र बढाउने चावी बैंक तथा फाइनेन्सका सञ्चालक हुन्। जनताको पैसामा चलेको संस्था वित्तिय संस्थाहरु हुन्। तर, बैंक तथा फाइनेन्सका सञ्चालकहरु कमिशनमा बिकेका छन्। ‘डिपोजिट’ राख्नेलाई थोरै व्याज, कर्जा लिनेलाई धेरै व्याज। पैसा बेच्ने व्यापारीको रुपमा पनि यिनीहरुलाई चिनिन्छ।
यही वित्तिय संस्थाको ईसारामा शेयर बजार चलेको छ। शेयर बजारको चावी बैंकको हातमा छ। वित्तिय संस्थामा भएको बेथिति देख्दादेख्दै पनि सम्बन्धित निकाय मौन छ। वित्तिय क्षेत्रमा पनि ‘सिण्डिकेट’ छ।
वित्तिय क्षेत्रमा भएको विकृति सुधार्नतर्फ न अर्थ मन्त्रालयलाई चासो छ, न सहकारी विभाग र राष्ट्र बैंकलाई नै, अहिले शेयरमा लगानी गर्ने शेयरकर्ताहरु धरासायी बन्दै गएको छन्। यिनीहरुको लगानी सुरक्षा गर्न सरकारले कस्तो योजना ल्याएको छ त ?
अब अर्थ मन्त्रालयले घर, जग्गा र शेयरमा लगानी गर्नबाट रोक लगाउनुपर्छ। जति पनि लगानी गर्नुछ त्यसमा सबै औधोगिक क्षेत्रको प्राथमिकता हुनुपर्दछ। नाफा धेरै पाइने, घुस धेरै आउने भएकाले वित्तिय संस्थाहरुले यसमा लगानी गरेको हुन्। शेयरमा लगानी गरेकाहरु बेकार लगानी गरिएछ भनेर गुनासो गरिरहेको भेटिन्छन्। अर्थ मन्त्रालयले शेयर किनेर डुब्नुभन्दा नकिन्न सुनिश्चित गराउनपर्छ।