बैंककाे 'ट्वाइलेट'मा बेहाेस भेटिएकी नर्स श्रेष्ठको निधन

जुम्लाकाे सिटिजन्स बैंक वाथरूममा वेहाेस भएकी नर्सकाे अस्पतालमा मृत्यु भएकाे छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्टाफ नर्स अनुपमा श्रेष्ठकाे निधन भएकाे जिल्ला प्रहरी कार्यालयले जानकारी दिएकाे छ।  

प्रहरी निरीक्षक याैवन चाैधरीका अनुसार काेहरपुर उपमहानगरपालिका निवासी २६ वर्षीया श्रेष्ठकाे  निधन भएकाे हाे।  

'विहीवार दिउसाे वाथरूममा वेहाेस भएकाे अवस्थामा श्रेष्ठ भेटिएपछि कर्णाली प्रतिष्ठानमा उपचारका लागि लगिएकाे थियाे,' उनले भने, 'उपचारकाे क्रममा शुक्रबार निधन भएकाे हाे।'

वेहाेस अवस्थामा अस्पताल ल्याइएकाे र मुटुकाे धड्कन फिर्ता नभएपछि नर्स श्रेष्ठलेकाे निधन भएकाे प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टटराईले बताए। 

श्रेष्ठ साथीकाे बहिनी भएकी र लामाे समय देखि चिनजान भएकाले हिजाे बैंककाे वाथरूममा पसेकी म्यानेजर महेश शाहीले बताए।  

'पछि वेहाेस भएकाे थाहा पाएपछि ढाेका फाेरेर अस्पताल पुर्‍याइएकाे थियोे,' उनले भने, 'दिउसाे हामी अफिसमै भएकाे समयमा घटना भएकाे थियाे।' 

उनका अनुसार बैंकमा गाड, कस्टुमर र कर्मचारी पनि थिए। घटनाकाे अनुसन्धान थप भइरहेकाे र आफन्त समेत जुम्ला आइपुगेकाे प्रहरीले जनाएकाे छ।

प्रकाशित मिति: : 2021-12-17 18:45:00

प्रतिकृया दिनुहोस्