दाङमा स्कुल बसको ठक्करबाट एक बालकको मृत्यु भएको छ। घोराही उपमहानगरपालिका ६ अगेरमा रहेको बबई स्टार लिटिल बोडिङ स्कुललको ना ३ ख ९९९३ नं. बसको ठक्करबाट सोही ठाउँका २ वर्षीय आहाना पाण्डेको मृत्यु भएको हो।
सोमबार विहान सवा १० बजे अगेरा स्थित जन्द्रागाउँबाट बस स्कुलतर्फ जाँदै गरेको थियो। सोही समयमा बसको ठक्करबाट बालक पाण्डेको गम्भीर घाइते भएका थिए। प्रहरीका अनुसार उनलाई उपचारका लागि घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याएकोमा चिकित्सकले मृत घोषणा गरेका थिए।
त्यसपछि शवलाई पोष्टमार्टम गरी बुवा रोहित पाण्डेलाई जिम्मा लगाइएको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ।