साइमिनको फरक सिनेमा सूत्र

साइमिन लियाङ कथा र फिल्मको परम्परागत संरचनामा विश्वास गर्दैनन्। उनका लागि कथा-पटकथाको कुनै महत्त्व छैन।

हिमाल खबर

काठमाडौँ

१२ देश, १२ निर्देशक : संसारभर एकैपटक लाखौं दर्शकलाई एउटै कुरा भन्न सक्ने, एउटै भावनामा बाँध्न सक्ने, हँसाउन-रुवाउन सक्ने अद्भुत क्षमता भएको कला हो- सिनेमा। जुनसुकै सिनेमा तब मात्र त्यो स्तरमा पुग्न सक्छ, जब त्यो अब्बल निर्देशकको हातमा पर्छ। माकुराले जाल बुने जस्तो पात्र, घटना र कथा बुनेर दर्शकलाई अर्कै संसारमा पुर्‍याइदिन्छन्, निर्देशकहरू।

वर्तमान विश्वमा सक्रिय १२ फरक देशका १२ चलचित्र निर्देशकबारे यो स्तम्भमा चर्चा गरिनेछ। बाह्रै जनाले फरक भाषा र शैलीको प्रतिनिधित्व गर्छन्। कसैले धेरै फिल्म बनाएका छन् त कोही थोरै फिल्म बनाएर पनि पारखीका मनमा बस्न सफल छन्। केही निर्देशक यस्ता छन्, जसबारे खासै चर्चा हुँदैन, तर ‘सिनेफाइल’ हरू यिनको कलामा मुग्ध हुन्छन्। आजको शृंखलामा ताइवानी निर्देशक साइ-मिन लियाङबारे चर्चा गरिनेछ।

कहिलेकाहीँ कुनै मानिसलाई भेट्दा उसको खास विशेषता थाहा हुँदैन। छुटेपछि बल्ल उसको क्षमता बोध हुन थाल्छ। मैले यस्तो अनुभव धेरैपटक गरेको छु।
 

प्रकाशित मिति: : 2021-12-13 13:38:00

प्रतिकृया दिनुहोस्