अन्नपूर्ण पोष्ट
आर्थिक वर्ष २०६१र०६२ मा सुरु सिक्टा सिँचाइ आयोजना अधुरो छ। सात वर्षमा सक्ने लक्ष्य राखिएको आयोजनमा भ्रष्टाचार भयो। १६ वर्षमा ७० प्रतिशत मात्रै काम सकिएको छ। अझै निर्माण सक्न १० वर्ष लाग्ने आयोजनाकै कर्मचारी बताउँछन्। ‘ढिला काम भएकाले लागत बढेको छ। सुरुआतमा १२ अर्ब ८० करोड अनुमानित लागतले अहिले नभ्याउने अवस्था छ,’ आयोजना प्रमुख डा। सन्तोष कैनी बताउँछन्। उनका अनुसार अब २०८५र०८६ भित्र आयोजना सक्ने लक्ष्य राखिएको छ। अहिले लागत बढेर २५।२ अर्ब पुगेको प्रमुख कैनीको भनाइ छ।
आयोजना निर्माणको प्रमुख ठेकेदार कम्पनी सीटीसीई कालिका कन्स्ट्रक्सन जेभी हो। यसका ठेकेदार पूर्वमन्त्री विक्रम पाण्डे हुन्।
उनकै कम्पनीले गरेको काममा अनियमितता भएको भन्दै अख्तियारले अनुसन्धान गर्यो। नहरमा गुणस्तरहीन सामग्री प्रयोग गरेको र परीक्षणकालमै ठाउँठाउँमा भत्किएपछि आयोजनामा भ्रष्टाचार भएको रहस्य खुल्यो। अख्तियारको अनुसन्धानपछि भ्रष्टाचार भएको ठहर गर्दै २०७५ मंसिर २१ मा ठेकेदार पाण्डे र चार आयोजाना प्रमुखसहित २१ जनाविरुद्ध मुद्दा दायर भयो। पूर्वमन्त्री पाण्डेलाई २ अर्ब १३ करोडको बिगो र दुई वर्ष कैदबराबरको रकम माग गरिएको थियो। सरकारले निधार्रण गरेको सर्तनामा, नियम र कार्यविधि उल्लंघन गरी गुणस्तरहीन निर्माण गरेको दाबी अख्तियारको छ।
नेपालको भविष्य: राजसंस्था र लोकतन्त्र
नेपाल र इजिप्टका जेन–जी आन्दोलन: परिवर्तनको स्वर, पराजयको चित्र
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया