विक्की कौशल र कैटरीनाको विवाहमा सलमान खानका परिवार नजाने !

english.newstrack.com
english.newstrack.com

बलिउड अभिनेता विक्की कौशल र अभिनेतृ कैटरीना कैफको विवाह हुदैँछ। उनीहरुको विवाहमा उनका ‘फेन्स’ हरु निकै उत्साहित बनेका छन्।

साथै कैटरीनाको विवाहमा सलमान खान र उनका परिवार जाने या नजाने भन्ने बारेमा पनि निकै चर्चा भइरहेको छ। तर भारतीय मिडियाका अनुसार कैटरीनाको विवाहमा सलमानलगायत परिवार सहभागिता नहुने भएका छन्।

सलमान १० ‘दिसेम्बर’ मा साउदी अरबमा हुनेछन्। उनको ‘प्यारेन्स’ को स्वास्थ्यवस्था बिग्रेका कारण परिवार नै विवाहको हिस्सा नहुने भएका हुन्। भलै कैटरीनाले उनीहरुलाई विवाहमा सहभागी हुन खास अनुरोध गरेकी थिइन्। 

प्रकाशित मिति: : 2021-12-08 13:05:00

प्रतिकृया दिनुहोस्