भारत-पाक तनावले कमजोर बन्दै दक्षिणएशियाको जलवायु मुद्दा

भारत-पाकिस्तानबीचको तनावका कारण दक्षिणएशियाली सहयोग सङ्गठन (सार्क) निष्क्रिय हुँदा अन्तर्राष्ट्रिय मञ्चमा उठाउनुपर्ने दक्षिणएशियाका जलवायुसँग सम्बन्धित साझा मुद्दा ओझेलमा परेका छन्।

हिमाल खबर

काठमाडौँ

दक्षिणएशियाली सहयोग सङ्गठन (सार्क)को सन् २०१४ मा काठमाडौंमा सम्पन्न १८औं सार्क शिखर सम्मेलनमा प्राथमिकतामा परेको साझा विषय थियो, सार्कका सदस्य राष्ट्रहरूले जलवायु परिवर्तनका कारण भोगिरहेका समस्या र तिनका विरुद्ध एकजुट भएर अघि बढ्न गरिएको प्रतिबद्धता।

सार्कमा आबद्ध देशहरूको यस प्रतिबद्धताले जलवायु परिवर्तनका कारण दक्षिणएशियामा परेको असरप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गर्न र साझा कार्यक्रम अघि बढाउन सहयोग पुग्ने अपेक्षा गरिए पनि सो विषय सम्मेलनमै सीमित रह्यो। सम्मेलनमा भएको छलफल बाहेक दक्षिणएशियाली मुलुकमा जलवायु परिवर्तनका कारण परिरहेको असर र समस्या कहिल्यै पनि प्रमुख रूपमा उठ्न सकेन। जबकि, जलवायु परिवर्तनका कारण सबैभन्दा बढी प्रभावित मुलुकमा सार्कमा आबद्ध देश नै पर्छन्।

जर्मनवाचले सन् २०२१ मा प्रकाशित गरेको रिपोर्ट अनुसार, जलवायु परिवर्तनका कारण प्रभावित मुलुकको सूचीमा बाङ्लादेश सातौं, पाकिस्तान आठौं र नेपाल दशौं स्थानमा छन्। एशियाको ‘वाटर टावर’ का रूपमा रहेको हिन्दुकुश हिमालय दक्षिणएशियाका सार्कका सदस्य राष्ट्र भारत, पाकिस्तान र अफगानिस्तानमा फैलिएको छ। विश्वव्यापी तापक्रम वृद्धिको मुख्य असर हिमाली क्षेत्रमा परेको छ।
 

प्रकाशित मिति: : 2021-12-08 11:56:00

प्रतिकृया दिनुहोस्