अन्नपूर्ण पोष्ट
सरकारले २०३३ सालमा कर फर्छ्योट आयोग गठन गर्यो। गणतन्त्र आएपछि २०६६ सालमा संशोधन भयो। त्यसको उद्देश्य थियो ‘बक्यौता कर निर्धारण गरी असुल गर्ने।’ तर, आयोगका पदाधिकारीले नै त्यसको दुरुपयोग गरे।
व्यवसायीसँग मिलेर मनपरी छुट गरे। उद्योगी, व्यवसायीलाई ९९ प्रतिशतसम्म छुट दिइयो। यो खेलमा ११ अर्बभन्दा बढी भ्रष्टाचार गरेको मुद्दा अहिले पनि विशेष अदालतमा विचाराधीन छ।
आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालसहित तत्कालीन आन्तरिक राजस्व विभागका महानिर्देशक चूडामणि शर्मा भ्रष्टाचार मुद्दामा मुछिएका छन्। शर्मा सो समय आयोगका सदस्य सचिव थिए। उनीहरूविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २०७४ साउन र २०७८ असारमा गरी दुईपटक मुद्दा चलाएको छ। अख्तियारका अनुसार उनीहरूले १ सय १५ जना करदाताको कर निर्धारण गर्दा मनोमानी रूपमा मिनाहा गरेको प्रमाणित भएको छ। तर, अझै पनि मुद्दा किनारा लागेको छैन।
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया