उत्कृष्ट ब्याटिङले नेपाली क्रिकेटमा उदाइरहेका देव

सेतोपाटी

सीताराम कोइराला

डिसेम्बरको अन्त्यमा युएईमा हुने एसिसी यू-१९ एसिया कपका लागि नेपालले बुधबारदेखि तयारी सुरू गर्दैछ।

तयारीअघि नेपालले गत आइतबार २० सदस्यीय प्रारम्भिक टिम घोषणा गरेको थियो। आइतबार नै सकिएको यू-१९ राष्ट्रिय क्रिकेट प्रतियोगिताका आधारमा नेपाल क्रिकेट संघ (क्यान) ले २० खेलाडी बन्द प्रशिक्षणका छनोट गरेको हो। 

नेपाली युवा टिममा अधिकांस खेलाडी नयाँ छन्। टिममा परेका विवेककुमार यादव, तिलकराज भण्डारी, शेर मल्ल र गुलशन झासँग अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाएको अनुभव छ। बाँकी सबै खेलाडी नयाँ छन्।

टिममा अधिकांस खेलाडी नयाँ भए पनि कतिपय खेलाडीको प्रदर्शन उच्चस्तरको छ। उच्च स्तरको प्रदर्शन हुने खेलाडीको अग्रपंक्तिमा दायाँ हाते ब्याट्सम्यान देव खनाल छन्।

प्रकाशित मिति: : 2021-12-07 15:27:00

प्रतिकृया दिनुहोस्