म्यान्मार सेनाले प्रदर्शनकारीमाथि चलायाे ट्रक: पाँचकाे मृत्यु, दर्जनाैँ घाइते

बिएल संवाददाता

रंगुन, म्यान्मार
Breaknlinks
Breaknlinks

सैन्य आतंक र लडाइँ गर्न तम्सिएका बर्मेलीहरू


म्यान्मारकाे सेनाले प्रदर्शनकारीमाथि ट्रक चलाउँदा पाँच जनाकाे मृत्यु भएकाे छ भने अरु दर्जनाै‌ं घाइते भएका छन्। घाइतेमध्ये केहीकाे अवस्था गम्भीर छ।

म्यान्मारकाे व्यावसायिक राजधानी यांगुनमा सेनाकाे एउटा ट्रक प्रर्दशनकारीहरुमाथि कुदाइदा उनीहरुकाे मृत्यु भएकाे हाे। सेनाले भाग्दै गरेका प्रदर्शनकारीमाथि अन्धाधुन्दा गाेली प्रहार गरेकाे थियाे। 

फेब्रुवरीमा सेनाकाे कुपछि सरकारविरुद्ध भएका प्रदर्शनमा १२ सयभन्दा बढीकाे मृत्यु भएकाे छ भने हजाराैंलाइ जेल हालिएकाे छ। पछिल्लाे प्रदर्शनमा सेनाले ११ जनालाई पक्राउ गरेकाे छ। पक्राउ पर्नेमा दुई जना सञ्चारकर्मी पनि छन्। 

प्रदर्शनकारीमाथि ट्रक चलाइएकाे विषयलाई सेनाले अस्वीकार गरेकाे छ। बरु प्रदर्शनकारीले नै हिंसा मच्चाएकाे सरकारकाे दाबी छ। 

विगतमा सरकारविरुद्ध भएका प्रर्दशनमा सेनाले गाेली चलाउँदा ठूलाे संख्यामा प्रदर्शनकारीकाे मृत्यु हुन थालेपछि अ‌ाजभाेलि प्रदर्शनकारीले साना ह्ययाली र भेला अ‌ायाेजना गर्न थालेका छन्।

प्रकाशित मिति: : 2021-12-06 09:08:00

प्रतिकृया दिनुहोस्