सैन्य आतंक र लडाइँ गर्न तम्सिएका बर्मेलीहरू

सुधा अत्रि

रंगुन, म्यान्मार
RFA

म्यान्मार सेनाले प्रदर्शनकारीमाथि चलायाे ट्रक: पाँचकाे मृत्यु, दर्जनाैँ घाइते


म्यान्मारको उत्तरपश्चिमी साङ्गिङ प्रान्तमा सेनाले सत्ता कब्जा गरेपछि विद्रोहमा उत्रिएका सयौं सर्वसाधारण मारिएका छन्। साङ्गिङक्षेत्रस्थित विभिन्न बस्तीहरू गत फेब्रुअरी यता प्रजातन्त्र पक्षधर र तानाशाही सैनिकबीचकाे युद्धले रणभूमि बनेकाे छ।

सैन्य 'कू'पछि साङ्गिङक्षेत्रमा बसाेबास गर्ने कम्तिमा ४१४ नागरिकको हत्या भएकाे अधिकारीहरूले बताएका छन्। जसमा जुन्ता सरकारकाे सुरक्षा बलबाट ३०९ जना मारिएका छन्।

सैनिक सत्ताविरूद्ध युद्ध मैदानमा उत्रिएकाे पीपुल्स डिफेन्स फोर्स (पीडीएफ)का दर्जनाैँ लडाकू र कैयाैँ सरकारी सैनिकहरूकाे मृत्यु भएकाे छ। पीडीएफ लडाकूद्वारा मारिएका कतिपय सैनिक सर्मथक स्थानीयहरू सेनालाई सूचना दिने काम गर्थे।

छिन् प्रान्तको सीमाक्षेत्रस्थित काहे सहरको तरहान बस्ती यसक्षेत्रकाे सबैभन्दा घातक स्थानका रूपमा परिचित छ।

म्यान्मारकाे सैनिकले गत मार्च २८ र अप्रिल ७ मा बन्देज लगाइएका दर्जनाैँ गाउँका जुन्ताविरोधी प्रदर्शनकारीहरूलाई ठूलाे आक्रमण गरेकाे छ। आक्रमणमा परी कम्तिमा १८ निर्दाेष नागरिककाे मृत्यु भएकाे छ। सेनाकाे आक्रमणपछि घाइते भएका तीन सयभन्दा बढी स्थानीयहरू पक्राउ परेका छन्।

द्वन्द्वग्रस्त क्षेत्रका एक पीडीएफ सदस्यले स्थानीय सञ्चार–संस्थालाई दिएकाे जानकारीअनुसार सैनिकसँग लड्न भारी हतियार चाहिने छ।

पीडीएफका अर्का सदस्य भन्छन्, 'तानाशाही कदमकाे प्रतिकार गर्न थुप्रै संख्यामा बन्दुक चाहिन्छ। यहाँ दमन समाप्त होस्। छोराछोरीहरू हामीजस्तै पीडित नबनून् भनेर हामीले प्रतिरोध सुरु गर्‍यौं। पुरुषहरू प्रतिरोधमा सामेल भएका छन्। लडाइँमा सामेल हुन नसक्ने वृद्ध–महिलाहरूले आफ्नो झुम्का तानेर हतियार किन्न हामीलाई प्रस्ताव गरे।'

यसक्षेत्रका महिलाहरू समेत सेनाविरूद्धकाे विद्रोह देखेर निकै उत्साहित भएकाे पीडीएफ अधिकारीहरूले बताउँछन्।

साङ्गिङक्षेत्रमा ३७ वटा बस्ती छन्। तीमध्ये लगभग सबैको आ–आफ्नै लडाकू समूहहरू बनिसकेका छन्। यीक्षेत्रमा सेनाविरूद्ध लड्न विभिन्न नामका अन्य समूहहरू पनि गठन गरिएकाे छ।

'साङ्गिङमा पीडीएफ समूहहरू एकमतका साथ युद्धमा जुटेका छन्, 'एक लडाकूले भनिन्, 'हाम्रो शक्ति दिन प्रतिदिन बढ्दै गएको छ। हरेक समूह बलियो बन्दै गएका छन्। उत्पीडितहरू एकजुट भएका छाैँ। हामी दृढ निश्चयका साथ सशस्त्र संघर्ष जारी राख्छौं।'

स्थानीय पीडीएफ सदस्यकाअनुसार साङ्गिङक्षेत्रमा पीडीएफ फोर्सको संख्या सानाे संख्यामा थियाे। दिनदिनै सेनकाे क्रूरता बढेपछि अहिले दश गुणा बढेको उनीहरू बताउँछन्। सेनाले प्रतिरोधलाई कुचल्नको लागि भारी तोपखाना र हवाई आक्रमणहरू प्रयोग गरिरहेकाे छ।

साङ्गिङ राजनीतिक र ऐतिहासिक रूपमा बलियो आधार भएकाे क्षेत्र हो। म्यान्मारकाे छाया सरकार 'राष्ट्रिय एकता सरकार'मार्फत् आरएफएले संकलन गरेको तथ्याङ्कअनुसार जुनदेखि नोभेम्बरसम्मको पाँच महिनामा साङ्गिङक्षेत्रमा ५ सय ९७ सशस्त्र झडप भएका छन्। सोहीअवधिमा २७४ सर्वसाधारण र १ हजार १३७ जना सैनिक मारिएका छन्।

इन्स्टिच्युट फर पोलिसी एन्ड स्ट्र्याटेजिक स्टडिजकाअनुसार साङ्गिङमा भएको द्वन्द्वबाट अक्टोबरको अन्त्यसम्म ७५ हजार २५० भन्दा बढी मानिस विस्थापित भएका छन्।

प्रकाशित मिति: : 2021-12-06 07:00:00

प्रतिकृया दिनुहोस्