अन्नपूर्ण पोष्ट
राष्ट्रिय गौरवका मध्यपहाडी, पूर्व–पश्चिम र हुलाकी राजमार्ग निर्माण र स्तरोन्नतिको काम सुरु भएको वर्षौं भयो। तर, अपेक्षाकृत रूपमा काम नहुँदा यी सडक अलपत्र जस्तै छन्। राष्ट्रिय गौरव र प्राथमिकता प्राप्त सडक निर्माणले गति लिन नसक्दा मुलुकको समृद्धिको लक्ष्य पनि पर धकेलिँदै छ। यसले हाम्रो विकासको गति र तौरतरिका झल्काउँछ।
बर्सेनि सरकारले पुँजीगत खर्चको ३० प्रतिशत रकम सडक निर्माणमा छुट्ट्याउने गरेको छ। कच्चीलाई पक्की बनाउने, एक लेनका सडकलाई दुई लेन, दुई लेनलाई चार वा ६ लेनमा स्तरोन्नति गर्नेमा सरकारको जोड छ। केन्द्रदेखि स्थानीय तहसम्मका सरकारले सडक निर्माणमै बजेटको ठूलो हिस्सा छुट्ट्याउने गर्छन्। अर्थात, सडक पूर्वाधारले उच्च प्राथमिकता पाएको छ। तर, योजना बनाउने र बजेट छुट्ट्याउने काम जति प्राथमिकतामा पर्छ, काम भने त्यसअनुरूप भइरहेको छैन।
मुलुकलाई पूर्व–पश्चिम जोड्ने राजमार्गलाई चार लेनमा विस्तार गर्ने सरकारको योजना बनेको वर्षौं भयो। दुई लेनको यो सडकले सवारी चाप धान्न धौ–धौ छ। ठाउँ–ठाउँमा पहिरो र साँघुरा पुलले पूर्व–पश्चिमको यात्रा दिन प्रतिदिन कष्टकर बनिरहेको छ। सरकारले यो राजमार्गलाई चार लेनमा विस्तार गर्ने भन्दै पश्चिममा नारायणगढ–बुटवल र पूर्वमा कमलादेखि कञ्चनपुर खण्डको चार लेन सडक निर्माणको ठेक्का लगाइसकेको छ। तर, यी खण्डमा निर्माण कार्य भने कछुवा गतिमा भइरहेको छ। एकाध ठाउँमा डोजरले खन्ने, दुई चार ट्रिप बालुवा/गिट्टी राख्ने र ५०/६० जना कामदार खटाउँदा यी सडक निर्माणमा वर्षौं लाग्न सक्छ। उल्टै, निर्माण कार्यले सडक अवरोध भई यात्रा कष्टकर बन्दै गएको छ। धुँवाधुलोको मुस्लो र खाल्डाखुल्डीले दुर्घटना मात्र निम्त्याउने गरेको छ। निर्माण कार्यको तौरतरिका र गतिमा सुधार नहुने हो भने फिलिली चार लेनको सडकमा यात्रा गर्ने चाहना केवल ‘आकाशको फल आँखा तरि मर’ जस्तै मात्र हुन्छ।
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
जलेको सिंहदरबार
जेन–जी विद्रोह: धरोहरको पीडा र नयाँ नेपालको संकल्प
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया