हाइप्रोफाइल बुढानीलकण्ठ दुर्घटना प्रकरण: नभएको सिसिटिभी खोजी र साक्षी बुझ्नमै अड्कियो मुद्दा

दुई वर्षमा एक पटक मात्रै पेसीमा !

रातोपाटी

काठमाडौँ

२०७६ साल मङ्सिर २८ गते बिहान बुढानीलकण्ठमा एउटा कार दुर्घटना भयो। शिवपुरी क्षेत्रबाट तीव्र गतिमा आएको बा१४च ६१२३ नम्बरको कार अनियन्त्रित भई सडकछेउमा रहेको फुटपाथमा हिँडिरहेकी ४० वर्षीय लीला देवकोटालाई ठक्कर दियो र उनको मृत्यु भयो। उक्त कारका चालक २१ वर्षीय पृथ्वी मल्ल (तत्कालीन समयमा) पक्राउ परे।

दुर्घटनापछि भएको अनुसन्धानमा कार चालक पृथ्वी मल्लले अत्यधिक मादक पदार्थ सेवन गरेको र उनी पूर्ण होस हवासमा नरहेको पुष्टि भयो। साथै मल्लसँग नेपाली सवारी चालक अनुमति पत्रसमेत नभएको पुष्टि भयो र महानगरीय प्रहरी वृत्त महाराजगञ्जको अनुसन्धानको आधारमा नेपाल सरकारले मल्लविरुद्ध काठमाडौँ जिल्ला अदालतमा सवारी ज्यान मुद्दा दर्ता गर्‍यो।

रामकुमार देवकोटाको जाहेरी तथा महानगरीय प्रहरी वृत्त महाराजगञ्जको प्रतिवेदनका आधारमा जिल्ला सरकारी वकिल कार्यालयले २०७६ पुस २१ गते काठमाडौँ जिल्ला अदालतमा दर्ता गरेको मुद्दा २ वर्ष पूरा हुन लाग्दासमेत अझै साक्षी बुझ्न मै केन्द्रित छ। यो करिब २ वर्षको अवधिमा २०७८ साल असोज २० गते एक पटक मात्रै उक्त मुद्दा पेसीमा चढेको थियो र उक्त दिन पनि साक्षी बुझ्ने आदेश भएरै मुद्दा अड्किएको छ। बुढानीलकण्ठ दुर्घटनाको नामले चर्चित उक्त दुर्घटनाका प्रतिवादी पृथ्वी मल्ल सर्वोच्च अदालतको आदेशले थुनामुक्त भइसकेका छन्। यद्यपि उनी विरुद्धको मुद्दा भने काठमाडौँ जिल्ला अदालतमा चलिरहेको छ।

प्रकाशित मिति: : 2021-12-05 16:08:00

प्रतिकृया दिनुहोस्