जयपुर पिंक प्यान्थरदेखि बैंग्लुरु बुल्ससम्मले कबड्डीमा पत्याएका सञ्जय

सेतोपाटी

काठमाडौँ
File Photo
File Photo

कुनै बेला कबड्डी खेलेर नेपालीको मान राखेका र भारतीयको समेत मन जितेका सञ्जय श्रेष्ठ अचेल आमाबुवाको होटलमा काम गर्छन्।

बिहान नित्यकर्म सकेर उनी क्षिरेश्वरनाथ नगरपालिका–६ स्थित सखुवा बजारको होटल पुगेर बेलुका ९/१० सम्म काममा खटिन्छन्।

होटलका सबैजसो काममा तल्लीन हुँदाहुँदै उनले बिर्सिसक्छन् आफू कुनैबेला राष्ट्रिय खेलाडी थिएँ भन्ने कुरा। जब सम्झिन्छन्, मौका हेरेर आफ्ना ग्राहकसँग आफ्नो खेल जीवनका किस्सा सुनाउँछन्।

केही समयअघि हामीसँग पनि उनले आफू खेलाडी रहेको बताए। चार वटा साग खेलकुदअन्तर्गत कबड्डी खेलिसकेका रहेछन्।

‘जवानी खेलकुदमै बित्यो। जागिर गर्ने उमेर रहेन। के गर्ने अब,’ उनले भने।

अर्कोदिन उनको खेलजीवनबारे सोध्न हामी घरै पुग्यौं।

सुत्ने कोठाको ढोका खोले, उनको अनुहारमा आफ्नै अतीतको उज्यालो छाया पर्‍यो।

खेलाडीका लागि चर्चित ठाउँ मानिने धनुषाको महेन्द्रनगर–सखुवाबाट उनले २०५५ सालदेखि नै कबड्डी खेल्न थालेको बताए।

प्रकाशित मिति: : 2021-12-02 14:47:00

प्रतिकृया दिनुहोस्