काँग्रेस कर्णाली प्रदेश सभापतिमा भुपेन्द्रजङ्ग शाहीकाे उम्मेदवारी

नेपाली कांग्रेस कर्णाली प्रदेशकाे अधिवेशन आज उद्घाटन हुँदैछ। काँग्रेसकाे प्रदेश अधिवेशनबाट आगामी नेत्तृत्वको लागि चर्चा परिचर्चा चुलीन थालेको छ।

प्रदेश सभापति पदका लागि नेपाली काँग्रेसका प्रभावशाली युवा नेता भुपेन्द्रजंग शाहीले आन्तरिक तयारी तिब्र पारेका छन्। नेपाली काँग्रेसकाे युवा पुस्ताबाट प्रदेश सभापतिका लागि उनकाे चर्चा व्यापक छ।

पछिल्लो समय युवा बीच निकै लोकप्रिय बनेका शाही चर्का भाषण गर्ने नेता भन्दा पनि केही न केही काम गरेर देखाउने नेताको रुपमा परिचित छन्।

नेबिसंघको तीन पटक केन्द्रीय सदस्य, केन्द्रीय उपाध्यक्ष, नेपाल तरुण दलको केन्द्रीय महामन्त्री, २०७० सालमा संविधान सभा सदस्यको उम्मेदवार, २०७४ सालमा प्रतिनिधिसभा सदस्यको उम्मेदवार भइसकेका शाही युवा माझ निकै लोकप्रीय छन्। राजनीतिसँगै साहित्य र सामाजिक सेवामा सक्रिय रहेका शाही कर्णालीमा जन्मिएर कठिन संघर्षबाट केन्द्रीय राजनीतिमा स्थापित नेता हुन।

पछिल्लो समय हृदयघात भएर अप्रेशन गरेका शाही आफ्नो स्वास्थ्यको ख्याल नगरी दिनदुखिको सेवामा तल्लिन भएर निषेधाज्ञाले अप्ठ्यारोमा परेका १० हजार नागरिकलाई नि:शुल्क खना वितरण अभियान सन्चालन गरेर निकै नै प्रसंसनीय काम गरेका थिए।

सामाजिक सेवामा युवा नेताहरुमा अग्रपङ्तिमा देखिएका शाही सिन्धुपाल्चोकमा बाढिपहिरो पिडितलाई सहयोग गर्न पुग्ने कर्णालीका एक्ला नेता हुन।

शाहीले गरेको सामाजिक कामले अहिले सामाजिक संजालदेखि युवा माझमा उनको छुट्टै छबि बनेको छ। काँग्रेसमा भुपेन्द्र जस्तो सहयोगी मन भएको उर्जाशील, कर्मशिल, क्रीयाशील र गतिशील नेताको आवश्यकता छ भनेर धेरै तरुण युवा, विद्यार्थी, अग्रज नेताहरुले टिप्पणी गरेका छन्।

'नेपाली कांग्रेसको अगामि महाधिवेशनबाट पार्टीमा आमुल रुपान्तरणको खाँचो छ,' काँग्रेस नेता शाहीले भने, 'पार्टी अब पुरानो तरिका, गतिहिन, परम्परावादी, कामचलाउ पारा र यथास्थितिमा चल्न सक्दैन।' 

पार्टी भित्रको गुटबन्दि, नातावाद, भागबन्डा , व्यक्तपगत स्वार्थ, पदीय स्वार्थ र चाकडीवादको राजनीति अन्त्य हुनपर्छ भन्ने उनकाे मुल नारा छ।

युवा नेता शाहीले अहिलेको युग सूचना प्रबिधिको युग भएकोले पार्टीका नेताहरुले आम कार्यकर्ताको भावना, जनताको चाहना, युगको माग र समयको चेतलाइ गम्भीर ढङगले बुझ्न सक्ने हुनुपर्ने बताए।

उनले भने, 'नेपाली काँग्रेसलाई मजबुत र सशक्त पार्टी बनाउन अब संगठन सुद्दिकरण र सुदृढीकरणको अभियान चलाउनु पर्छ। पार्टीमा व्यक्ति होइन विचार, पद होइन पद्दति, सत्ता होइन समाज, नेता होइन नीतिको मुल मर्म र आदर्शमा आधारित मुल्य मान्यताको राजनीति स्थापित हुन अतिआवश्यक भइसकेको छ।'

नेपाली काँग्रेसलाई अब समयको गतिसँग दौडिने जनताको मनमा बसिरहने गतिशील, कर्मशील र उर्जाशील पार्टी बनाउन सबै कांग्रेसीहरु एकताबद्ध भएर लाग्नुपर्ने उनकाे मान्यता छ।

कम्युनिस्टकाे अत्याचार र भ्रष्टाचारबाट जनता वाक्क भइसकेको बताउँदै नेता शाहीले नेपालमा कम्युनिस्ट पूर्णरुपमा असफल भइसकेको बताए । उनले भने, 'जनताले कम्युनिष्टकाे विकल्प खोजिसकेका छन्। यस्तो बेला नेपाली काँग्रेस पनि पुरानै पाराबाट चलेर हुँदैन। विगतका कमि कमजोरीहरुलाई सुधारेर अब नयाँ सोच, विचार, नयाँ उर्जा, कार्यक्रम र नयाँ भिजनका साथ अगाडि बढेर जनताको आशा, विश्वास र भरोसाको पार्टी बनाउनु पर्छ।'

नेपाली काँग्रेसका आशा लाग्दा युवा नेताहरु मध्यमा पर्ने युवा नेता भुपेन्द्रजंग शाहीले आफू विगत लामो समय भातृ संस्थाको केन्द्रीय मुख्य जिम्मेवारिमा बसेर धेरै समय काम गरिसकेकोले अब आफ्नो ध्यान पार्टिको मुल राजनीति र कर्णालीमा नै केन्द्रीत रहेको बताए। 

नेपाली काँग्रेसको तर्फबाट आफू दुई पटक सांसदको उम्मेदवार भइसकेको नाताले पनि नेपाली काँग्रेसको सङगठनलाई गाँउस्तरसम्म पुगेर वडा–वडा, टोल–टोलसम्म निर्माण र बिस्तार गर्नु आफ्नो कर्तव्य र जिम्मेवारि रहेको शाहीले बताए। 

उनले भने, 'म ६ कक्षा पढ्दै गर्दा राजनीतिमा होमियको हुँ मलाई कुनै नीजि फाइदा र स्वार्थ छैन। जनताको सेवा, गाउँको विकास र समाजको परिवर्तन नै मेरो मुख्य उद्देश्य हो। म कुनै पदको लागि भन्दा पनि आगामी निर्वाचनमा नेपाली काँग्रेसलाई कर्णालीमा पहिलो पार्टी बनाउन कम्मर कसेर लाग्ने प्रण गर्दछु।'

कर्णालीमा आगामी निर्वाचनपछि काँग्रेसकाे कर्णालीमा एकल बहुमतकाे सरकार बन्छ। युवा नेता शाहीले भने, 'अहिले मेराे हिर्दयघात पछि फेरि समान्य जीवनमा फर्कियर संगठनको काम र केही सामाजिक काममा लागि परेको छु। काँग्रेसका नेता कार्यकर्ता र शुभेच्छुकहरु व्यापक सद्भाव र समर्थन जुटिरहेकाे छ।'

प्रकाशित मिति: : 2021-12-02 09:09:00

प्रतिकृया दिनुहोस्