राप्रपाको ‘लिगलिगे’ दौड : रन्केका लिङ्देन-राणा, झस्केका थापा

आयोमेल

काठमाडौँ

पार्टी अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का एकजना अध्यक्ष कमल थापाले भने- चाँडै नै अगाडी पुग्ने मन भए आउनुस्, टुँडिखेलमा दौडिएर मलाई जित्नुस्, अध्यक्ष पद छोडिदिन्छु।’

पार्टीको महाधिवेशन सुरू हुनुभन्दा ४८ घण्टा अघि आफ्नो उम्मेदवारी घोषणा सभामा उनले आफ्नो प्रतिष्पर्धामा आउन लागेका राजेन्द्र लिङ्देन र धवल समशेर राणाहरूलाई आफूलाई जिताएर देखाउन ‘अराजनीतिक’ भाषामा खुला चुनौती दिए। थापा आफै पनि फुटबल र टेनिसका ‘माहिर’ खेलाडी हुन्।

२०७६ सालको फागुनमा एक भएको राप्रपामा अहिले ३ जना अध्यक्ष छन्। र, यो एकतापछि हुन थालेको उसको पहिलो अधिवेशनले अब १ जनामात्रै अध्यक्ष चुन्नेछ।

प्रकाशित मिति: : 2021-11-30 14:57:00

प्रतिकृया दिनुहोस्