रियल मड्रिड र एथ्लेटिकोको जित

Photo: realmadrid.com
Photo: realmadrid.com

स्पेनिस ला लिगामा लिग लिडर रियल मड्रिडले दशौँ जित निकालेको छ। आइतबार राति भएको खेलमा घरेलु टोली रियलले १ गोलले पछि परेको स्थिति उटाउदै सेभिल्लामाथी २-१ अन्तरको जित निकालेको हो। 

रियलको पुनरागमन जितमा करिम बेन्जेमा र भिनिसिअस  जुनियरले १-१ गोल गरे। यसअघि सेभिल्लाका राफा मिरले १२औँ मिनेटमा अग्रता बनाएका थिए।

जितसँगै रियल मड्रिड १४ खेलमा १० जितसहित ३३ अंक बनाएको छ। आइतबार राति नै भएको खेलमा एथ्लेटिको मड्रिडले काडिजलाई ४-१ गोल अन्तरले पराजित गर्‍याे।

एथ्लेटिकोको जितमा थोमस लेमार, एन्टोनियो ग्रीजम्यान, एन्जेल कोरिया र म्याथ्युस कोन्हाले १-१ गोल गरे।

काडिजको लागि एन्थोनी लोजानोले सान्त्वना गोल फर्काए। जितसँगै एथ्लेटिको १४ खेलबाट २९ अंक बनाएर दोस्रो स्थानमा छ। 

प्रकाशित मिति: : 2021-11-29 07:16:00

प्रतिकृया दिनुहोस्