ओमिक्रोन पत्ता लागेपछि विभिन्न देशले गरे यात्रामा कडाइ, यो नयाँ भेरिअन्टबारे हामीलाई के थाहा छ?

बिबिसी

काठमाडाैँ

दक्षिण अफ्रिकाले कोरोनाभाइरसको नयाँ भेरिअन्ट पत्ता लगाएका कारण आफूलाई प्रशंसा गर्नुको साटो दण्डित गरिएको गुनासो गरेको छ।

विभिन्न राष्ट्रहरूले दक्षिण अफ्रिकाबाट हुने यात्रामा प्रतिबन्ध लगाएपछि त्यहाँको विदेश मन्त्रालयले यस्तो प्रतिक्रिया व्यक्त गरेको हो।

प्रारम्भिक प्रमाणहरूका अनुसार ओमिक्रोनबाट सङ्क्रमण फैलिन सक्ने सम्भावना उच्च छ।

विश्व स्वास्थ्य सङ्गठनले शुक्रवार यो नयाँ भेरिअन्टलाई "भेरिअन्ट अफ कन्सर्न" का रूपमा वर्गीकरण गरेको थियो।

कोभिड-१९ को यो नयाँ भेरिअन्ट यूके, जर्मनी, बेल्जियम र इटलीमा पनि फेला परेको छ भने चेक रिपब्लिकमा पनि यो भेरिअन्ट पुगेको आशङ्का गरिएको छ।

प्रकाशित मिति: : 2021-11-28 20:46:00

प्रतिकृया दिनुहोस्