अमेरिकाको न्युयोर्क राज्यमा संकटकाल लगाइयाे

बिएल संवाददाता

न्युयोर्क 
photo : pbs
photo : pbs

बेलायत,जर्मनी र इटालीमा कोरोनाभाइरसको नयाँ भेरियन्ट 'ओमिक्रोन' देखिएपछि अमेरिककाले न्युयोर्क राज्यमा संकटकाल घोषणा गरेको छ। 

दक्षिण अफ्रिकामा हालै फेला परेको कोविड १९ काे नयाँ भेरियन्ट 'ओमिक्रोन'को बढ्दो खतराको बीचमा आपतकालिन अवस्थाको घोषणा गरेको बताइएकाे छ।

अफ्रिका र अन्य देशमा नयाँ भेरियन्ट पुस्टि भएसंगै अस्पतालहरूमा फेरि कोविड बिरामीहरूको घुइचो लाग्ने सक्ने चेतावनी दिए कदम चालिएको हो।

डिसेम्बर ३ सम्म लागू हुने घोषणाले राज्यलाई महामारी- लडाई आपूर्तिहरू प्राप्त गर्न, अस्पतालको क्षमता बढाउन र सम्भावित कर्मचारी अभावसँग लड्न अनुमति दिएको छ।

यसले राज्य स्वास्थ्य विभागलाई अस्पतालहरूमा गैर-आवश्यक र गैर- अत्यावश्यक प्रक्रियाहरू सीमित गर्न अनुमति दिनेछ।

यस हप्ताको सुरुमा दक्षिण अफ्रिकामा पहिलो पटक क्रमबद्ध गरिएको नयाँ संस्करणलाई नजिकबाट अनुगमन गरिरहेको बताएको केही घण्टा पछि अमेरिकाले यो कदम चालेकाे हाे।

ओमिक्रोन भेरियन्टले विश्वभरि नयाँ फैलिएको डर पैदा गरेको र  न्यूयोर्कमा अझै सरका डर बढी भएका कारणा यस्ताे कदम चालिएकाे न्यु योर्ककाे गभर्नर क्याथी होचुले बताइन्र।  

बेलायत, जर्मनी र इटालीले कोरोनाभाइरसको नयाँ ओमिक्रोन भेरियन्ट संक्रमण पुस्ति भइसकेका छ जसका कारण साउथ अफ्रिकामा यात्रा प्रतिबन्ध लगाएका छन।

प्रकाशित मिति: : 2021-11-28 08:34:00

प्रतिकृया दिनुहोस्