बिएल संवाददाता
परराष्ट्र मन्त्रालयका प्रवक्ताले शुक्रबार संयुक्त राज्य अमेरिकालाई एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिलाई दृढतापूर्वक पालना गर्न र ताइवानसँग सबै प्रकारका आधिकारिक अन्तरक्रियाहरू तुरुन्तै बन्द गर्न आग्रह गरेका छन्।
केही अमेरिकी सांसदहरूको ताइवान भ्रमणले एक चीन सिद्धान्त र तीन चीन-अमेरिका संयुक्त विज्ञप्तिको प्रावधानको गम्भीर उल्लङ्घन गरेको उनको ठहर छ।
'चीनले यसको कडा निन्दा गर्दछ र दृढताका साथ अस्वीकार गर्दछ र यस्ता विषयमा अमेरिकी पक्षसँग गम्भीर हुन आग्रह गर्दछ,' उनले भने।
चीनको पुनर्मिलन इतिहासको एक अटुट प्रवृति भएको उल्लेख गर्दै झाओले केही अमेरिकी राजनीतिज्ञ र ताइवानका अधिकारीहरूले देखाएको अनाड़ी प्रदर्शन चीनको पुनर्मिलन प्रक्रियाबाट प्रभावित हुने र विश्वका १८० देशले प्रतिबद्ध रहेको अटूट परिदृश्यलाई कहिल्यै परिवर्तन गर्न नसक्ने टिप्पणी गरेका छन्।
'ताइवान अधिकारीहरूलाई कडा चेतावनीस् स्वतन्त्रता खोज्नको लागि विदेशी समर्थन खोज्ने र संयुक्त राज्य अमेरिकामा भर पर्न खोज्दा मृत्यु वा अन्त्य साबित हुनेछ।' चीनको टिप्पणी छ।
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
नेपालका लागि अमेरिकी राजदूत थम्पसन फिर्ता
ग्रीनकार्डको ढोकामै रोकिए ३,८३१ नेपाली
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया