लभ स्टोरी निर्माता सन्तोषकाे हँसाउने प्रयास

बाह्रखरी

काठमाडाैं

 ‘प्रेम गीत–२’ छायांकनको क्रममा म्यानमार पुगेका बेला सन्तोष सेनको मनमा एउटा कथाको लाइन दिमागमा ‘क्लिक’ भयो । कथा खेलको सेरोफेरोमा थियो । र, त्यो खेल थियो– हुतुतु । प्रतिस्पर्धामा जसले सास नरोकी लामो समयसम्म हुतुतु भन्न सक्छ, उही टिम खेलमा विजयी हुन्छ । यसलाई कबड्डी भने पनि हुन्छ ।

समयको वेगले दिशा परिवर्तन गर्‍यो । ‘प्रेमगीत–३’ नै अगाडि आयो । सन्तोष र छेतेन गुरुङले प्रेम गीत–३ सुरु गरे । हुतुतु पछि सर्‍यो । प्रेम गीत–३ को छायांकन त सकियो, तर रिलिज नहुँदै कोरोना संक्रमण विश्वभर फैलियो । चलचित्र थन्कियो । त्यही समयको सदुपयोग गर्न सन्तोष प्रेम गीत–३ हिन्दीमा डबिङका लागि मुम्बई पुगे । करिब एक वर्ष उनले उतै बिताए ।

कहिले खुल्छ बजार निश्चित थिएन । त्यसपछि उनै सन्तोषले खोले बन्द गरेर राखेको हुतुतुको पोको । स्टोरी लाइन सन्तोषले अभिमन्यू निरबीलाई सुनाए । अभिमन्यूले स्टोरी तयार पारे । पहिलो ड्राफ्ट नै सन्तोषलाई चित्त बुझ्यो ।

प्रकाशित मिति: : 2021-11-27 09:22:00

प्रतिकृया दिनुहोस्