चीन र अफ्रिकाले संयुक्त रूपमा जलवायु परिवर्तन बारे सम्बोधन गर्दै

File Photo
File Photo

 चीनले संयुक्त रूपमा जलवायु परिवर्तनसँग जुध्न १४ अफ्रिकी देशहरूसँग १५ वटा सहयोग सम्झौतामा हस्ताक्षर गरेको छ।

शुक्रबार प्रकाशित श्वेतपत्रमा जनाइएअनुसार यस मुद्दामा अफ्रिकाको प्रतिक्रियाको समर्थनमा विभिन्न दृष्टिकोणहरू खोजिएको छ।

जलवायु परिवर्तनलाई सम्बोधन गर्नका लागि शमन र अनुकूलन कार्यक्रमहरू लागू गर्ने, पाइलट कम-कार्बन औद्योगिक पार्कहरू संयुक्त रूपमा स्थापना गर्ने र क्षमता निर्माणमा तालिम सञ्चालन गर्ने लगायतका कार्यक्रम समावेश गरिएका छन्।

यस कार्यक्रमलाई ूचीन र अफ्रिका नयाँ युगस् समानताको साझेदारीका रूपमा व्याख्या गरिएको छ।

प्रकाशित मिति: : 2021-11-26 14:35:00

प्रतिकृया दिनुहोस्