८५ लाखमा सुरू भएको 'कटिया हाउस', पाइन्छ हिमालदेखि तराईसम्मका परिकार

के हो कटिया? कसरी पकाइन्छ?

सेतोपाटी

काठमाडौँ

स्थानीय खानाको स्वाद कसलाई मनपर्दैन र१ परम्परागत शैलीले पकाइने खाना झन् मिठो१  स्वादिलो खानासँगै बसेर खाने ठाउँ पनि उस्तै चट्ट पाए ?

यो सबै विशेषता पाइन्छ सिनामंगलमा रहेको लेकाली किचेन एन्ड कटिया हाउसमा।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नपुग्दै सिनामंगल कटेर आउने उकालोको बाँयापट्टि आँखा मोडे ठ्याक्कै देखिन्छ लेकाली किचेन एन्ड कटिया हाउस।

रेस्टुरेन्टका अध्यक्ष तथा सह–सञ्चालक मधुसुदन ढकालका अनुसार हिमालदेखि तराईसम्मका धेरै परिकारको स्वाद एकै छतमुनि पाइने हुँदा यो नाम राखिएको हो।

'काठमाडौंबासीलाई देशभरका विभिन्न खानाका स्वाद दिने योजनासँगै रेस्टुरेन्ट सुरू गरिएको हो,' ३४ वर्षीय मधुसुदनले भने, 'हाम्रो मेनुले जतिसक्दो धेरै प्रकारका परम्परागत खाना अटाएको छ।'

प्रकाशित मिति: : 2021-11-25 12:04:00

प्रतिकृया दिनुहोस्