भूपेन्द्र हत्यामा अर्को ‘ट्विस्ट’ : सिद्धार्थ होटेलमा दुई पेस्तोल फेला, बर्दियामा मोटरसाइकल

बाह्रखरी

काठमाडाैँ

कैलालीको लम्कीचुहा नगरपालिका–१ का २३ वर्षीय भूपेन्द्र बडुवाल हत्या प्रकरणमा अर्को ‘ट्विस्ट’ आएको छ । प्रहरीले भूपेन्द्रको हत्याको समयमा प्रयोग भएका दुई मोटरसाइकल बर्दियाबाट बरामद गरेको छ ।

प्रहरीले बर्दियास्थित रोयर एडभेन्चर रिसोर्टबाट घटनामा प्रयोग भएका दुई मोटरसाइकल बरामद गरेको हो । घटनामा दुई मोटरसाइकल र एक स्कुटर प्रयोग भएको प्रहरी अनुसन्धानले देखाएको छ । स्कुटर फेला पर्न बाँकी छ ।

प्रहरीले सो रिसोर्टका सञ्चालक अतिश थापालाई पनि पक्राउ गरेको छ । अतिशले घटनामा संलग्नहरूलाई भाग्न सहयोग गरेको देखिएको एक प्रहरी अधिकारीले बताए । 

यस्तै, कैलालीको टीकापुरस्थित सिद्धार्थ होटेलबाट प्रहरीले दुई पेस्तोल बरामद गरेको छ । बरामद भएको पेस्तोल घटनामा फरार रहेका नवीन रावल समूहको भएको प्रहरी बुझाइ छ ।

तिहार टीकाको भोलिपल्ट सिद्धार्थ होटेलनजिकै भूपेन्द्रको नवीन रावलको समूहले हत्या गरेको थियो । नवीनको समूहले विभिन्न घटनामा पेस्तोल देखाएर तर्साउने गरेको पाइएको र बरामद भएको पेस्तोल उनीहरूकै हुन सक्ने प्रहरी अधिकारी बताउँछन् ।

प्रकाशित मिति: : 2021-11-25 11:52:00

प्रतिकृया दिनुहोस्