टेण्डी शेर्पा : जसले बास्केटबललाई राष्ट्रिय पहिचान दिलाए

खेलको चिन्ता गर्दा गर्दै बिदा भए

नेपाल खबर

यज्ञराज जोशी

सन् २००३ मा नेपाल बास्केटबल संघको चुनावबाट कुलदेव सिंह राठौर अध्यक्षमा चयन भए। त्यही समितिमा भर्खरै अस्कल क्याम्पसको स्ववियु सभापति बनेर खेलकुदमा छिरेका लामा टेण्डी शेर्पा उपाध्यक्ष थिए।

त्यो बेला नेपालमा बास्केटबलको अवस्था दयनीय थियो। एउटा कोर्ट पनि थिएन। दशरथ रंगशालाको कभर्डहलमा बास्केटबललाई इन्ट्री दिइएको थिएन। ठमेल, कीर्तिपुरको क्लब र केही ठूला क्याम्पसमा मात्रै सीमित थियो।

भर्खरै क्याम्पसको राजनीतिको तातो जोशबाट आएका टेण्डी बास्केटबललाई नयाँ उचाइ दिन चाहन्थे। तर अध्यक्ष राठौरले उनको गति पक्रन सकेनन्। परिणाम, कार्यकाल सकिएको दुई वर्षमै राठौर कार्यसमिति भंग भयो र नयाँ अध्यक्ष बने, उनै लामा टेण्डी शेर्पा। 

त्यसपछि बुधबार बिहान ५० वर्षको उमेरमा निधन नहुँदासम्म बास्केटबल संघमा टेण्डी निर्विरोध अध्यक्ष रहिरहे। उनको नेतृत्वमा नेपाली बास्केटबल जुरमुराएको संघका महासचिव नरेन्द्र थापा बताउँछन्।

प्रकाशित मिति: : 2021-11-24 16:13:00

प्रतिकृया दिनुहोस्