बिएल संवाददाता
नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी भएका छन्। आफ्ना प्रतिद्वंदी ईन्द्रमणी पौडेल र यादव घिमिरेलाई पराजित गर्दै श्रेष्ठले नेपाली कांग्रेसको जिल्ला सभापति पदमा विजयी भएका हुन्।
केशव श्रेष्ठले ७३१ मत प्राप्त गर्दा निकटतम प्रतिद्वन्दी इन्द्रमणि पाैडेलले ३५२ मत प्राप्त गरेका छन्। त्यस्तै, यादवप्रसाद घिमिरेले ३०९ मत प्राप्त गरेका छन्। २७ मत बदर थियाे।
गएराति सम्पन्न निर्वाचनमा कुल १४३८ मतदाता मध्ये १४२१ मत खसेको थियो।
निवर्तमान सभापति समेत रहेका सभापतीका दावेदार विष्णुप्रसाद खनाल (मुस्कान)ले उम्मेदवारी फिर्ता गरेपछि महासमिती सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि ईन्द्रमणि पाैडेल र नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरेबीच सभापति पदमा निर्वाचन भएकाे थियाे।
बालेन सरकारबाट जनतामा संशय पैदा हुने काम नहोस्
को हुन् नवनियुक्त महान्यायाधिवक्ता डा. कँडेल?
पूर्वमन्त्रीहरू र कर्मचारीको घरमा सुसारेका रुपमा कार्यरत बर्दिधारीलाई फिर्ता बोलाउन माग
श्यामूलले छिचोलेको ‘नशा’को त्यो पहाड (भिडियाेसहित)
क्रान्तिको नाममा लुट, देशको नाममा धोका
दोहोरो नागरिकता : पूरा गर्ला त रास्वपाले ९९औं वाचा ?
प्रतिकूल मौसमको मौका छोप्दै काठमाडौंमा ट्याक्सी चालकको लुटधन्दा…
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया