नीति र विचारविनाको नेतृत्व चयन गर्ने अभ्यासले क्षति गर्छ 

०४८ सालमा गिरिजाप्रसाद कोइरालाको नेतृत्वमा बनेको सरकारमा अर्थ मन्त्रालयको जिम्मेवारी पाएपछि राष्ट्रिय राजनीतिमा उदाएका थिए, महेश आचार्य। ३७ वर्षको उमेरमा अर्थराज्यमन्त्री भएपछि ‘दूधे बालकलाई अर्थको जिम्मेवारी’ भनेर कम आकलन गरिए पनि आचार्यले आफूमाथिका आलोचना सत्य हुन दिएनन्। छोटो समयमै तेजतर्रार युवा नेताको छवि त बनाए नै, आर्थिक आदि मामिलामा पनि विज्ञता देखाए। भ्रष्टाचारलगायतका दागबाट त बचे नै, ०५६ सालमा गभर्नर नियुक्तिमा प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईसित मतभिन्नता भएपछि अर्थमन्त्रीबाट राजीनामा गर्ने उच्च नैतिकता पनि प्रदर्शन गरे। सबै सम्भावनाका बाबजुद उनी कांग्रेसको पदाधिकारीसम्म पनि भएनन्, नेतृत्वमै दाबी गर्ने त परको कुरा। पार्टीको आसन्न चौधौँ महाधिवेशनमा केन्द्रीय उपसभापतिमा उम्मेदवार हुने घोषणा गरेका आचार्यसँग नयाँ पत्रिकाका लागि सुजित महत, दिपेश शाही र किरण दहालले गरेको अन्तर्वार्ता : 

अचेल सार्वजनिक ओहोदामै नपुगेका नेताको समेत जीवनशैली विलासी देखिन्छ। ०४८ सालमै अर्थ मन्त्रालयको जिम्मेवारी सम्हालेका अनि पटक–पटक मन्त्री भइसकेका तपाईंको जीवनशैली यति सामान्य किन ? 

प्रकाशित मिति: : 2021-11-23 09:38:00

प्रतिकृया दिनुहोस्