अमेरिकी यी धनाढ्यले जागिर दिने लोभमा यौन शाेषण गरेकाे खुलासा, ५ हजार महिलासँग सम्बन्ध राखेकाे अनुमान

ईन्जिनियर तथा अमेरिकाको सबैभन्दा धनी मध्य ५२ नम्बरमा पर्ने माइकल गोगुएनलाई चार पूर्व महिला कर्मचारीले आफूलाई जागिरमा निरन्तरता दिने लोभमा लामो समयदेखि यौन शाेषण गर्दै आएको आरोप लगाएका छन्।

ती पूर्व कर्मचारीहरुले अदालतमा पेश गरेको एक सय ५३ पेजको आरोप पत्रमा बिभिन्न महिलाहरुसँग यौन सम्पर्क गर्नको लागि मात्र धनाढ्य गोगुएनको मोन्टाना राज्यमा करिब ९  घर रहेका छन्। साथै आफू बस्ने घरमा पनि त्यस्ता गतिविधि गर्न गोप्य कोठाहरु रहेको प्रहरीले जनाएकाे छ।

प्रहरीले उनको घरबाट एउटा डायरी पनि जफत गरेको छ। जसमा उनले आजसम्म यौन सम्बन्ध राखेका महिलाहरुको नाम, फोटो, ठेगाना र फोन नम्बर रहेका छन्। प्रहरीका अनुसार त्यो डायरी मा ५ हजारभन्दा बढी महिलाहरुको व्यक्तिगत विवरण उल्लेख छ। जसको प्रहरीले अनुसन्धान गरिरहेको छ।

७ मार्च १९६४ मा मोन्टाना राज्यको वाइटफीसमा जन्मेका गोगुएनको अमीनटोर ग्रुप एलएलसी नामक ब्यपारिक संस्था छ। जसमा पूरै अमेरिका भरि २० हजार कर्मचारीहरु कार्यरत रहेका छन्। गोगुएन कि पूर्व प्रेमिका तथा डान्सर एम्बर बैप्टिस्टले पहिले कोकिन खान दिने र त्यसपछि यौन शाेषण गर्ने आरोप लगाएकी छिन।

प्रहरीका अनुसार गोगुएनमाथि लागेको यो आरोप प्रमाणित भएमा मृत्यु दण्ड सम्मको सजाय हुन् सक्छ। अमेरिकामा वयस्क महिलाहरुमाथि गरेको यौन शाेषणलाई जघन्य अपराधको श्रेणीमा राखिएको छ। चलनचल्तीको भाषामा यस्ता अत्यधिक यौन चाहना भएका मान्छेहरुलाई ‘सिक पप्पी’ भनिन्छ।

प्रकाशित मिति: : 2021-11-23 07:51:00

प्रतिकृया दिनुहोस्