सडक मिचेर गाडी पार्किङ

बाह्रखरी

काठमाडौँ

संघीय राजधानी काठमाडौंका प्रमुख सडकहरूमा ट्राफिक प्रहरीले सडकको एकातर्फ ‘नो पार्किङ’को सिग्नल राखेको छ । सिग्नलअनुसार ती ठाउँमा पार्किङ गर्न मिल्दैन । तर, सडकमा भने दुवैतर्फ गरी तीन लाइन बनाएर अव्यवस्थित रूपमा पार्किङ गरिरहेको पाइन्छ ।  

गाडी गुड््ने सडक मिचेर पार्किङ गर्दा त्यसको प्रत्यक्ष असर ट्राफिक व्यवस्थापनमा परिरहेको हुन्छ । यसले काठमाडौंको जामलाई थप थप बढाइरहेको छ । 

सरकारले केही वर्ष पहिले काठमाडौं उपत्यकाको सवारी चापलाई मध्येनजर गर्दै सडक आसपास क्षेत्रका घरहरू भत्काएर सडक चौडा बनाएको थियो । तर, अहिले ती चौडा बनाइएका गाडी गुड्ने सडक पार्किङस्थलमा परिणत भएका छन् । 

प्रकाशित मिति: : 2021-11-22 09:37:00

प्रतिकृया दिनुहोस्