जो खुट्टाले झैं हातले टेकेर भर्‍याङमा दौडिन्छन्

देशसञ्चार

दशरथ घिमिरे

राप्ती गाउँपालिका–४ मौरीघाट निवासी हरिचन्द्र गिरी ७–८ वर्षदेखि नै हातले टेकेर लामो समय उभिन र हिँड्न सक्थे। त्यो कलालाई उनले निखार्दै लगे। गाउँघरमा उनलाई सबैले ‘उल्टोगरी हिँड्ने मान्छे’ भनेर चिन्ने गर्छन्।

उभिने वा हिँड्ने खुट्टाले हो। तर, हरिचन्द्र गिरी भने खुट्टाले नभइ हातले भुइँमा टेकेर हिँड्छन्। यो कलालाई उनी विश्वसामु चिनाउन चाहन्छन्। यसका लागि उनी गिनिज बुक अफ वर्ल्ड रेकर्डमा नाम दर्ता गराउने अभियानमा छन्।

विगत ७ वर्षदेखि उनले हातले भुइँमा टेकेर हिँड्ने, भर्‍याङको खुड्किला पार गर्ने विधामा विश्व रेकर्ड दावी गरेका छन्। दाङको लमहीमा भर्‍याङको ५० खुड्किला उनले १२.६५ सेकेन्डमा पार गरेको दावी गरेका छन्। ‘स्टेप वाकिङ एण्ड ह्यान्ड’मा विश्व रेकर्ड बनाएका स्वीट्जरल्याण्डका केभिन डेल्कोको १४.५८ सेकेन्डको रेकर्ड गिरीले तोडेको दावी गरेका छन्।

‘गिनिज बुक अफ वर्ल्ड रेकर्डको मापदण्ड अन्तर्गत मैले पुरोना रेकर्ड तोडेर नयाँ कायम गरेको छु,’ उनले भने, ‘यो मेरो दावी प्रमाणित भएपछि प्रमाणपत्र प्राप्त गर्नेछु।’

प्रकाशित मिति: : 2021-11-21 21:43:00

प्रतिकृया दिनुहोस्