धोबीचौरको ढुंगेधारा ब्युँताउने अभियानमा सुप्रिया श्रेष्ठ, 'मिस अर्थ'मा नेपालको मौलिक प्रविधिलाई चिनाउने

पहिलोपोष्ट

लक्ष्मी बलायर

कुनै समय काठमाडौंको धोबीचौरमा ठूलो चौर थियो। सँगै थिए थुप्रै ढुंगेधाराहरु। विभिन्न आकृतिसहितको ती ढुंगेधाराले त्यस क्षेत्रमा बसोवास गर्ने मानिसको प्यासमात्रै मेटाउँदैन थियो। लामो समयदेखि त्यहीँ धोबी पेशामा संलग्न हुँदै आएको समुदायको जिविकोपार्जनको माध्यमसमेत थियो ती ढुंगेधाराहरु।

समयक्रमसँगै चौर वरिपरि थुप्रै घर बने। काठमाडौंमा शहरीकरण बढेसँगै ढुंगेधाराहरु मासिए। धोबीचौरमा रहेका ढुंगेधारा पनि शहरीकरणको सिकार बने। कति हराए। कति पुरिए। कति ढुंगेधारामाथि सडक बन्यो। केही धारा नाजुक अवस्थामा अझै पानीको लागि तिर्खाउँदैछन्। ढुंगेधारा मासिएसँगै त्यहाँ बसोवास गर्दै आएका धोबीको काम गर्दै आएका समुदायलाई पनि पानीको जोहो गर्न अप्ठ्यारो पर्दै गयो। यद्यपि, उनीहरुले आफ्नो पेशालाई निरन्तरता दिन भने छाडेनन्। ढुंगेधाराबाट पानी नआए पनि अन्य स्रोतबाट पानी ल्याएर उनीहरुले काम गरिरहेका छन्।

काठमाडौं महानगरपालिका वडा १७ स्थित धोबीचौरमा रहेको छ गा:हिति। बाह्रै महिना पानी नआएपनि खाल्डोमा रहेको यो ढुंगेधाराबाट कहिलेकाहीँ पानी रसाउने गर्छ। तर, संरक्षणको अभावमा रहेको उक्त ढुंगेधाराबाट पानी ल्याउन कुनै पहल भएको थिएन। अहिले भने गा:हितिबाट पानीको स्रोत पत्ता लगाउन र पानी ल्याउन लागेकी छिन् - मिस नेपाल अर्थ सुप्रिया श्रेष्ठ।

प्रकाशित मिति: : 2021-11-20 11:43:00

प्रतिकृया दिनुहोस्