सुनचाँदीको मूल्य घट्यो, यस्ताे छ बजार भाउ

File Photo
File Photo

साताको चौथो दिन बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ९४ हजार ८०० रुपैयाँ कायम भएकोमा बुधबार ५०० रुपैयाँले घटेर प्रतितोला ९४ हजार ३०० रुपैयाँ कायम भएको हो।

बुधबार छापावाल सुन प्रति १० ग्राम ८० हजार ८५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ। त्यसैगरी, तेजाबी सुन प्रतितोला ९३ हजार ८०० रुपैयाँ कायम भएको छ। त्यस्तै, तेजाबी सुन प्रति १० ग्राम ८० हजार ४२० रुपैयाँ कायम भएको महसंघले जनाएको छ।

बुधबार चाँदीको मूल्य पनि तोलामा १० रुपैयाँले घटको छ। बुधबार चाँदीको मूल्य प्रतितोला एक हजार २८० रुपैयाँ कायम भएको छ। मंगलबार चाँदी प्रतितोला एक हजार २९० रुपैयाँ कायम भएको थियो। त्यस्तै, चाँदीको मूल्य प्रति १० ग्राम एक हजार ९७ रुपैयाँ ५० पैसा कायम भएको महसंघले जनाएको छ।
 

प्रकाशित मिति: : 2021-11-17 11:15:00

प्रतिकृया दिनुहोस्