मुद्दा परेका घरजग्गामा प्रधानन्यायाधीश परिवारका आँखा

अनलाइनखबर

कृष्ण ज्ञवाली

ठमेल स्थायी ठेगाना भएकी ज्ञानकुमारी पन्तले ७ फागुन २०७५ मा जिल्ला अदालत काठमाडौंमा मुद्दा हालिन्। एक जना व्यवसायीले भाडामा लिएको आफ्नो घर तत्काल खाली गर्नुपर्ने उनको माग थियो। तर ती व्यवसायीले करार सम्झौता अनुसार मर्मत र रंगरोगन गर्दा करीब डेढ करोड रुपैयाँ खर्च भएकाले २०८० सालमा मात्रै आफूले घर छाड्ने दाबी गरे। १० महीनासम्म चलेको उक्त मुद्दा न अदालतले निरुपण गर्‍यो, न त मिलापत्र नै भयो।

जिल्ला अदालतमा मुद्दा चलिरहेकै बेला त्यो विवादमा एकाएक प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाइ प्रभुशमशेरको प्रवेश भयो। प्रभुशमशेरले मुद्दा–मामिलामा परेको त्यो घर किने। अनि, महानगरपालिकाको वडा कार्यालय र प्रहरीको बलमा घर खाली गराउने प्रयास गरे। जग्गा किन्ने क्रममा प्रभुशमशेरले उच्च अदालतका केही न्यायाधीशहरूलाई लिएर ठमेल गएका र आफूले किन्ने जग्गा र भवन देखाएका थिए। र उक्त जग्गामा व्यवसाय गरेका व्यक्तिलाई आफूले ल्याएका व्यक्ति उच्च अदालतका न्यायाधीशहरू हुन् भनेर परिचय समेत गराएका थिए।

प्रकाशित मिति: : 2021-11-16 06:50:00

प्रतिकृया दिनुहोस्