नेपाली चलचित्रकर्मीलाई हिन्दी सिनेमा ‘सूर्यवंशी’को नाके डोरी

रातोपाटी

काठमाडाैँ

कोरोना कहर कम भएपछि दसैंअघि नै फिल्म हल खुल्यो । तर, निर्माता, वितरक, प्रदर्शक सबैमा एउटै डर थियो, दर्शक हलसम्म आउँछन् कि आउँदैनन् ? त्यसैले, नेपाली फिल्म प्रदर्शन गर्ने आँट कसैले देखाएन ।

यो बिचमा बलिउड फिल्म ‘सूर्यवंशी’ रिलिज भयो । बलिउडमा मात्र होइन, नेपालमा पनि यसले राम्रो दर्शक पाउन सफल भएपछि बल्ल नेपाली चलचित्रकर्मीहरु हलमा फिल्म प्रदर्शन गर्न हतारिएका छन् ।

त्यसो त ‘सूर्यवंशी’ को सफलतालाई कतिपय फिल्मकर्मीले हिन्दी फिल्मले नेपालमा जहिले पनि दर्शक पाउँछ भन्दै सामान्य रुपमा लिए । तर राम्रो फिल्म भए दर्शक हुने रहेछन् भन्ने ठम्याइ धेरैको रह्यो ।

वितरक गोपाल कायस्थ ‘सूर्यवंशी’ ले दर्शकको बिषयमा राम्रो पाठ सिकाएको बताउँछन् । ‘दर्शक आउँदैनन् भनेर हामी राम्रो फिल्म रिलिजका लागि पछि हटेका थियौँ,’ कायस्थले भने, ‘सूर्यवंशी’ ले हामीलाई राम्रो पाठ सिकायो ।’ बलिउड फिल्मकै भएपनि हलमा दर्शक देखिनु नेपाली फिल्मका लागि आगामी दिन राम्रो भएको कायस्थले अनुमान लगाए ।

प्रकाशित मिति: : 2021-11-15 15:40:00

प्रतिकृया दिनुहोस्